'निर्मलाका निम्ति न्याय अभियान' ले माग्यो गृहमन्त्रीको राजीनामा

'निर्मलाका निम्ति न्याय अभियान' ले माग्यो गृहमन्त्रीको राजीनामा

काठमाडौं : निर्मलाका निम्ति न्याय अभियान अन्तर्गत शनिबार भएको प्रदर्शनका सहभागीहरूले गृहमन्त्रीको राजीनामा माग गरेका छन्।

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तले न्याय नपाएको र अपराधी पहिचान गर्न तथा कारबाही गर्न सरकार असफल भएकोले गृहमन्त्री रामबहादुर थापाले राजीनामा दिनुपर्ने उनीहरूको माग छ।

प्रहरीले नै घटनासँग सम्बन्धित कयौँ प्रमाणहरू नष्ट गरेकोले गृहमन्त्री त्यसमा जवाफदेही हुनुपर्ने 'जस्टिस फर निर्मला' अभियानका सहभागीको माग छ।

सहभागीहरूले 'महिला हिंसा कहिलेसम्म? हामी चुप जहिलेसम्म', 'न्याय मर्न दिँदैनौँ', 'सरकारसँग सिकेछ, प्रहरी पनि बिकेछ', 'न्याय मार्न पाइँदैन' लगायतका नारा लगाएका छन्। 

माइतिघर मण्डलाबाट सुरु भएको प्रदर्शन नयाँ बानेश्वर पुगेर सकिनेछ।  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.