रारा पदमार्ग सरसफाइ अभियान सुरु

रारा पदमार्ग सरसफाइ अभियान सुरु

कालिकोट : रारा ताल र पदमार्गमा पछिल्लो समय प्रदुषण बढ्न थालेपछि यसको न्युनिकरण गर्न भन्दै सरसफाइ थालिएको छ ।

मान्म बजारका एक व्यवसायीको नेतृत्वमा ४० युवा मिलेर कालिकोटदेखि रारा पदमार्ग सरसफाइ अभियान सुरु गरेका हुन् । होटल हिलसाईडका संचालक धर्मेन्द्र शाहीको नेतृत्वमा हालै यहाँका ४० युवा यस अभियानमा सक्रिय छन् ।

रारा घुम्न आउनेहरुको संख्या पछिल्लो समय बढ्न थालेपछि सफाइमा ध्यान दिएको उनीहरुको भनाइ छ । शनिबार मान्ममा पत्रकार सम्मेलन गरी राराको मौलिकता संरक्षणका साथै राराको पहिचान कायम राख्न रारा पदमार्ग सरसफाइ अभियान सुरु गरिएको व्यवसायी शाहीले बताए ।

रारा राष्ट्रिय निकुञ्जको सुरुवातीसँग हिँडेर जाने करिव ४ किलोमिटर पैदल मार्गमा प्लाष्टिकजन्य सामान तथा कुहिने– नकुहिने सामान उठाएर व्यवस्थापन गर्ने बताए ।

शाहीले भने ‘राराकै कारण कालिकोटका होटलहरुमा व्यपार वृद्धि भएको छ । रारा समग्र कर्णालीबासीको समृद्धिको आधार हो । त्यसैले हामी सफाइ अभियानमा लागेका हौँ ।’

सफाइ अभियान अन्तरगत पदमार्गमा ३० वटा एक सय लिटरका डस्टबीन राखिने बताइएको छ । साथै रारा जानका लागि दिशा र दूरीबारे पनि सूचना बाटोमा राखिने अभियन्ताहरुले बताएका छन् । यस्तो अभियानलाई दलका स्थानीय नेताहरुले प्रशंसा गरेका छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.