पोखरामा न्याय माग्दै प्रदर्शन : प्रहरीले निर्मलाको पोस्टर च्यातेपछि विवाद

पोखरामा न्याय माग्दै प्रदर्शन : प्रहरीले निर्मलाको पोस्टर च्यातेपछि विवाद

पोखरा : निर्मला पन्तको बलात्कारपछि हत्या प्रकरणमा न्यायको माग राख्दै पोखरामा प्रर्दशन गरिएको छ। निर्मलाको तस्बिरसहित ‛सरकार भेटियो, न्याय भेटिएन’ लेखिएको पोस्टर लिएर पोखरेली युवा प्रदर्शनमा उत्रेका थिए। 

न्यायको माग गर्दै प्रदर्शनमा सहभागी युवाले पोखराको चिप्लेढुङ्गा, महेन्द्रपुल क्षेत्रमा न्याको माग गर्दै बनाईको निर्मला पन्तको तस्बिर सहितको पोस्टर टाँसेका थिए।

बलात्कारविरुद्ध राष्ट्रिय अभियान अन्तर्गत पोखरामा पनि न्याय माग्दै पोष्टर टाँस्दै युवा प्रदर्शनमा उत्रेका थिए। 

न्यायको माग गर्दै टाँसिएको पोष्टर च्यातेपछि युवा आक्रोसित भएका थिए। प्रहरीसँग भनाभन भएपछि प्रहरीले माथिको आदेश भन्दै पोस्टर च्यातेको थियो।

युवा अघिअघि पोस्टर टाँस्दै हिँड्दा प्रहरीले पछिपछि पोस्टर च्यात्दै हिँडेका थिए। बलात्कार जस्तो जगन्य अपराध गर्नेलाई पक्राउ गरी कानुनी कारवाहीको माग राख्दै टाँसिएको पोस्टर प्रहरीले च्यात्दै हिँडेपछि युवा आक्रोसित भएका हुन्। 

न्याय माग्दै टाँसीएको पोस्टर च्यात्नु बलात्कारीलाई नै प्रशय दिने काम भएको प्रदर्शनमा सहभागी सौगात पोखरेलले बताए। प्रदर्शनमा सहभागीलाई सम्बोधन गर्दै पोखरेलले ओली सरकार निरंकुश बन्दै गएकाले युवा न्यायका लागि एक जुट हुन अनुरोध गरेका थिए। 

निर्मलाको बलात्कार र हत्यामा संलग्नलाई प्रक्राउ गर्न सरकार असफल भइरहेकाबेला पोखरेली युवा न्यायका लागि सडकमा उत्रेका हुन्। न्यायका लागि पोखरेली युवाले निरन्तर आवाज उठाइरहने न्यायको माग राख्दै भएको प्रर्दशनमा सहभागी सुरेश पहारीले बताए।   


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.