आठ वर्षपछि बल्ल पुल ढलान !

आठ वर्षपछि बल्ल पुल ढलान !

बेसीशहर : लमजुङमा निर्माण सुरु भएको करिब आठ वर्षपछि बल्ल पुल ढलान भएको छ। दुई वर्षमा सक्नुपर्ने पुल निर्माण सुरु भएको ७ वर्ष ८ महिनामा ढलान भएको हो। ढलानपछि बेसीशहर नगरपालिका-११ चिती र दोर्दी गाउँपालिका-४ नौथरसेरा जोडिने भएको छ।

६० मिटर लम्बाईको पुल २०६८ चैतमा शिलान्यास भएको थियो। पुल निर्माणको ठेक्का पाएको हेटौंडाको सपना निर्माण सेवा र धादिङको जयबाबा निर्माण सेवाले काममा ढिलाई गरेका हुन्। पुल निर्माण सक्न अझै तीन महिना लाग्ने निर्माण पक्षले जनाएको छ। पुल ढलान भैसकेकाले अब भने तोकिएको समयमा काम हुनेमा स्थानीय ढुक्क छन्।

सरकारले काम नगर्ने ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही थाल्ने प्रक्रिया अघि बढाएपछि गत जेठबाट निर्माणकार्यले गति लिएको हो। प्रमुख जिल्ला अधिकारी झंकनाथ ढकालले लगातारको ताकेतापछि बल्ल कामले गति लिएको बताए। ‘भौतिक निर्माणकार्यलाई गति दिन गृहमन्त्रीको योजना अनुरूप हामीले निर्माण कम्पनी र सडक कार्यालयलाई पटक-पटक ताकेता गर्‍यौं,’ प्रजिअ ढकालले भने, ‘ताकेताको सुनुवाइ भयो। सबैको साथ र सहयोग रह्यो अब पुल बन्ने भयो।’ 

दोर्दी गाउँपालिका अध्यक्ष ओमबहादुर गुरुङले पुलको ढलान भएपछि स्थानीय खुसी बनेको बताए। ‘मन्त्री, नेता, सिडिओ, एलडियो सबैलाई ताकेता गर्दा गर्दा स्थानीय दिक्क भएका थिए’, गुरुङले भने, ‘हामी आएपछि पनि धेरैलाई हारगुहार गरियो। अब बल्ल पुल बन्ने आशा पलाएको छ। स्थानीय खुसी भएका छन्।’ 

६० मिटर लम्बाई र ६ मिटर चौडाइको उक्त पुल २ करोड ८० लाख रुपैयाँमा निर्माण सम्झौता भएको सडक डिभिजन दमौलीका इन्जिनियर गौतम श्रेष्ठले बताए। पुलमा दायाँ-बायाँ ६०-६० सेन्टिमिटरको फुटपाथ रहने डिजाइनमा छ। ढलान सकिएपछि अब धेरै काम बाँकी नरहेको उनले बताए। 

निर्माणमा ढिलाइ गरेपछि सडक कार्यालयले निर्माण कम्पनीलाई सम्झौता रकमको १० प्रतिशत जरिवाना पनि गरेको छ। डिभिजन सडक कार्यालयले निर्माण कम्पनीलाई ७५ प्रतिशतभन्दा बढी रकम भुक्तानी दिइसकेको छ।

दोर्दी गाउँपालिका उपाध्यक्ष दिलबहादुर घलेकाअनुसार समयमा पुल नबन्दा दोर्दी खोलामा निर्माणाधीन चारवटा जलविद्युत् आयोजनाको निर्माण कार्य प्रभावित भइरहेको छ। पुल नबन्दा जलविद्युतका निर्माण सामग्री वारपार गर्न समस्या परेको आयोजनाका सञ्चालकले बताएका छन्। यसले आयोजनाको निर्माणमा पनि ढिलाइ भएको छ।  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.