निर्मलासहितलाई न्याय माग्दै सडकमा लम्पसार

निर्मलासहितलाई न्याय माग्दै सडकमा लम्पसार

बागलुङ : केही समयता भएका हत्या र बलातत्कारका घटनाबाट पीडितहरुलाई न्याय माग्दै बागलुङका महिलाहरुले सडकमा सुतेर प्रदर्शन गरेका छन् । नेपाल महिला संघ बागलुङ र नेपाल ट्रेड युनियन कांग्रेस महिला समिति बागलुङले सडकमा लम्पसार भएर प्रदर्शन गरेका हुन् । 

उनीहरुले कञ्चनपुरकी किशोरी निर्मला पन्त, बागलुङकी रुपा गौतम र बागलुङकै ढोरपाटन नगरपालिका-१ बुर्तिबाङका संगीन जिसीका परिवारलाई न्याय दिन माग गर्दै बागलुङ बजारको लोकतान्त्रिक चोकमा सुतेर प्रदर्शन गरेका हुन् । 

सडकमा सुतेका उनीहरुले उनीहरुले निधारमा कालो पट्टी बाँधेर 'संविधानमा टाँसिदे बलत्कारीलाई फाँसीदे', 'सरकार भेटियो न्याय भेटिएन' लेखिएको प्ले कार्डसहित प्रदर्शन गरेका हुन् । 

उनीहरुले दिनदिनै बलत्कार र हिंसाका घटना बढिरहेको अवस्थामा सरकार मौन बस्नु दुखद भएको बताए । प्रदर्शनमा उत्रिएकाले सरकारले प्रजातान्त्रिक मूल्य मान्यता भुल्दै अघि बढेको पनि गुनासो गरे । 

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.