गेस्ट हाउसमा जुवा खेल्ने १३ जना जोरपाटीबाट पक्राउ

गेस्ट हाउसमा जुवा खेल्ने १३ जना जोरपाटीबाट पक्राउ

काठमाडौं : गेस्ट हाउसमा जुवा खेलिरहेका १३ जनालाई आइतबार मध्यराति प्रहरीले पक्राउ गरेको छ। जोरपाटीको नयाँबस्तीबाट पाँच लाख ३१ हजार रुपैयाँ नगदसहित १३ जनालाई प्रहरीले पक्राउ गरेको हो।

काठमाडौँ महानगरपालिका ६ स्थित राम कार्कीले सञ्चालन गरेको पूर्वेली गेस्ट हाउसबाट १६ थान कौडासहित उनीहरूलाई पक्राउ गरिएको महानगरीय प्रहरी कार्यालय बौद्धका प्रहरी नायब उपरीक्षक नरेन्द्र चन्दले जानकारी दिए।

ठूलो समूहमा जुवा खेलिरहेको गोप्य सूचनाका आधारमा छापा मार्न गएको प्रहरी टोलीले रातको १२ बजे धादिङ घर भई काठमाडौंमा होटल सञ्चालन गर्दै आएका ३६ वर्षीय राम कार्कीसहित १३ जनालाई नियन्त्रणमा लिएको हो।

बाराका ४२ वर्षीय राजकुमार तिवारी, काभ्रेका ३४ वर्षीय केशव नेपाल, उदयपुरका ३० वर्षीय मानबहादुर मगर, सिन्धुपाल्चोकका ३६ वर्षीय विशाल सुनारसहित १३ जना पक्राउ परेका हुन्।

पक्राउ परेकाहरूलाई प्रचलित कानूनअनुसार मुद्दा चलाइने प्रहरीले जानकारी दिएको छ।

जुवातास खेल्दा पहिलो पटक पक्राउ पर्नेलाई तीन महिनासम्मको कैद र ३० हजार जरिवाना हुने व्यवस्था मुलुकी अपराध संहिता ऐनको दफा १२५ मा छ। दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र पचास हजार रुपैयाँसम्म जरिबाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र दश हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था ऐनमा छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.