सिटी एक्स्प्रेसको दोस्रो महिनाका विजेता विनोदले जिते एक लाख

सिटी एक्स्प्रेसको दोस्रो महिनाका विजेता विनोदले जिते एक लाख

काठमाडौं : सिटी एक्स्प्रेसले 'लखपति एक्स्प्रेस' उपहार योजनाको दोस्रो महिनाको विजेता घोषणा गरेको छ। मलेसियाको मर्चण्ट्रेडबाट पैंसा पठाई दोस्रो महिनाको १ लाखको मासिक लक्‍की ड्रमा परी पर्साका बिनोद अग्रहरी विजेता भएका हुन्। 

कार्यालयको भवनमा कार्यक्रमको आयोजना गरी उक्त नगद पुरस्कार हस्तान्तरण गरिएको हो। उक्त योजनाअन्तर्गत उपभोक्ताहरुले लक्की ड्रमार्फत ९२४ जनाले २०० सयको मोबाइल टप अप, साप्ताहिक रुपमा ३० जना विजेताले १० हजार र १ जनाले १ लाख जितिसकेका छन्। 

'लखपति एक्स्प्रेस' उपहार योजनाअन्तर्गत लक्कीड्र मार्फत उपभोक्ताले दैनिक २०० को मोबाइल टप अप १२ जनाले जित्नसक्ने छन्। त्यसैगरी साप्ताहिक रुपमा तीनजना विजेताले १० हजार र हरेक महिना लक्‍की ड्रमा विजयी हुने एकजनाले एक लाख जित्न सक्नेछन्।

उपहार योजनाको अन्त्यमा एकजना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर १२औं वर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाख रुपैयाँ जित्न सक्ने छन्।योयोजनाअसोज १ गते देखि मंसिर २९ गते सम्मलागू हुनेछ।यो अवधिभर सिटी एक्सप्रेसमार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी हुनसक्नेछन्।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.