बिरामीको मृत्यु भएपछि नोबेलमा प्रदर्शन

बिरामीको मृत्यु भएपछि नोबेलमा प्रदर्शन

विराटनगर : उपचारका क्रममा झापाको बिर्तामोड नगरपालिका ५ का ६५ वर्षीय लक्ष्मीप्रसाद शर्माको मृत्यु भएको विषयलाई लिएर विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा बुधबार आफन्तले प्रदर्शन गरेका छन्। 

चिकित्सकको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित भएका हुन्। 

थप तनाव उत्पन्न हुन नदिन प्रहरी परिचालन गरेर नोबेलको सुरक्षा व्यवस्था कडा पारिएको थियो। शर्माको मृत्यु मंगलबार दिउँसो भएको थियो। शव बुझ्न अस्वीकार गर्दै आफन्त आन्दोलित भएका हुन्।

छोरा अजयका अनुसार लक्ष्मीप्रसाद उच्च रक्तचापका कारण ढलेका थिए। उपचारका लागि बिर्ता अस्पताल पु¥याएपछि नोबेलमा रेफर गरिएको थियो।  मंसिर १ गते नोबेलमा भर्ना गरेर बुबाको उपचार सुरु गरिएको उनले बताए। 

उनले अस्पतालका स्वास्थ्यकर्मीले आवश्यकता भन्दा बढी औषधि खरिद गर्न लगाएको र औषधि पसलले खरिदै नगरेको औषधिको समेत बिल बनाएर जबरजस्ती पैसा माग्ने गरेको बताए। 

मृतकका आफन्तले शव बुझ्न नमानेपछि बुधबार अस्पताल प्रशासन र मृतकका परिवारका सदस्यबीच दुई वार्ता भएको छ। त्यस क्रममा मृतकका परिवारले अस्पताललाई तिर्नु पर्ने ९१ हजार रुपैयाँ मिनाहा गरिदिने र औषधि बापतको ४० हजार रुपैयाँ अस्पतालले तिरिदिने सहमति भएको अस्पतालका प्रशासकीय अधिकृत नारायण दाहालले जानकारी दिए। सहमतिपछि बुधबार मृतकका आफन्तले शव जिम्मा लिएका छन्। 


  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.