मागी बिहे गर्दा ध्यान  दिनुपर्ने ५ कुराहरू

मागी बिहे गर्दा ध्यान  दिनुपर्ने ५ कुराहरू

कसैले प्रेम विवाह गर्छन्, कसै मागी । प्रेम विवाहमा केटा–केटी एकअर्कासँग राम्ररी परिचित हुन्छन् । मागी विवाहमा भने केटा–केटीलाई एकअर्काबारे धेरै कुरा थाहा हुँदैन । त्यसैले बिहे गर्नुअघि एकअर्कालाई मन पर्ने-नपर्ने कुरामा ध्यान दिनुपर्छ ।

१) हुन लागेको जीवनसाथी बिहेका लागि तयार छन्–छैनन्, बुझ्नुपर्छ । पहिलो पटक भेट्दा मात्र होइन दुई–चार पटकको भेटमा पनि उनको इच्छाबारे जान्नुपर्छ । पारिवारिक दबाबमा गरिरहेको भए बिहे नगर्दा ठीक हुन्छ ।

२) बिहे  गर्न लागेको केटा–केटीलाई मन पर्ने–नपर्ने कुराबारे बुझ्नुपर्छ । बिहे गर्नुअघि एकअर्कालाई राम्ररी बुझ्न जरुरी हुन्छ । 

३ु) कुराकानी गर्दा हुन गइरहेको जीवनसाथीसँग सहज महसुस हुन्छ कि हुँदैन, त्यसमा पनि ध्यान दिनुपर्छ ।

४)  बिहे गर्न लागेको मान्छेले अर्काको भावनाको सम्मान गर्छन्–गर्दैनन्, यो पनि हेर्नुपर्छ । उनले अरूसँग गर्ने व्यवहारबाट सम्मान गर्छन्–गर्दैनन् भनेर बुझ्न सकिन्छ ।

५) वैवाहिक जीवनमा उतार–चढाव आइरहन्छन् । तिनको सामना गर्न आफूले विवाह गरिरहेको मान्छे सक्षम छन्–छैनन्, बुझ्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.