१४ औं अनसन तोडाउने नथुनी रामको गाउँमा डा. केसीको स्वास्थ्य शिविर

१४ औं अनसन तोडाउने नथुनी रामको गाउँमा डा. केसीको स्वास्थ्य शिविर

सिरहा : स्वास्थ्य क्षेत्रका विकृतिविरुद्ध पटक–पटक अनसन बसेका डा. गोविन्द केसी मधेसका गाउँमा स्वास्थ्य उपचारमा व्यस्त छन्। 

मंसिरको चिसोमा उनको दैनिकी गाउँगाउँमा स्वास्थ्य चेकजाँच, औषधि र कम्बल वितरणमा बित्दै छ।। उनले आइतबारदेखि सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका २ सोठियाइन गाउँमा शिविर सञ्चालन गरेका हुन्। 

आइतबार दिउँसो सिरहाको लहान आइपुगेका डा. केसी सोही दिन अटोरिक्सामा औषधि र कम्बल लिएर सोठियाइन पुगेका हुन्। सोमबार बिहानैदेखि त्यो गाउँको मुसहर र राम बस्तीको घरघरमा पुगेर उनले कम्बल वितरण गरे। ३२ महिला र पुरुषको स्वास्थ्य चेकजाँच गरेर औषधि वितरण गरेका छन्। 

    

सोमबार साँझ बस्नका लागि लहान फर्केका डा. केसी मंगलबार बिहानै फेरि अटोरिक्सामा गाउँ पुगेका हुन्। मुसहर र राम वस्तीको विपन्न दलितलाई घरघरमा पुगेर कम्बल बाँडेका छन्। 

बिहान ९ बजेदेखि साँझ साढे ५ बजेसम्म दुई सय २० जनालाई स्वास्थ्य चेकजाँच गरी औषधि वितरण गरेका छन्। ‘दिनमा खाना खाँदा विरामी हेर्न सक्दिन,’ उनले भने, ‘निद्रा लाग्छ, त्यसैले खाना नखाई स्वास्थ्य चेकजाँच गरेँ।’ डाइटको लागि ‘कोक’ खाएको उनले सुनाए। 
    
औषधि र कम्बल बोकेर डा. केसी १४ औं पटकको अनसन तोड्दा जुस खुवाउने नथुनी रामको गाउँमा पुगेका हुन्। टिचिङ नजिकै जुत्ता सिलाउने नथुनीलाई सोधेर उनी गाउँ पुगेका हुन्। 

औषधि र कम्बल लिएर लहान आइपुगेपछि मात्रै रामलाई डा. केसीले सोठियाइन गाउँ कसरी पुग्ने भनेर सोधेका थिए। रामले सुझाए अनुसार डा. केसी एक्लै त्यो गाउँ पुगेका हुन्। बुधबार पनि गाउँ पुगेर स्वास्थ्य चेकजाँच र औषधि वितरण गर्ने डा. केसीले बताए। उनको शिविरमा लहानका डा. राज झाले पनि संघाइरहेका छन्। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.