बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न मेयरले नेतृत्व गर्ने

बाँकेलाई कर्णाली प्रदेशमा गाभ्न मेयरले नेतृत्व गर्ने

नेपालगन्ज : नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख डा. धवल शम्शेर राणाले बाँके जिल्लालाई कर्णाली प्रदेशमा गाभ्न आपूmले नेतृत्व गर्ने घोषणा गरेका छन्। 

शेयरकाष्ट इनिशियटिभ नेपालले बुधबार नेपालगन्जमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा प्रमुख राणाले आगामी बर्षायामपछि बाँकेलाई कर्णाली प्रदेशमा गाभ्नका लागि आपूmले आन्दोलनको नेतृत्व लिने बताए।
 

‘बर्षातसम्म नगर्ने। असारसम्म मलाई कामसाम गर्न दिनुस्। बाटोघाटो बनाउन प्रदेशले अवरोध पार्ला वर्षातपछि हामी ६ नम्बर (कर्णाली) जानेमा आन्दोलन गर्छौं’, उनले भने।

जिल्लालाई ५ नम्बर प्रदेशमा गाभिँदा उनले राष्ट्रिय सञ्जालबाट टाढिएको भन्दै दुःख पनि व्यक्ति गरे। ‘कोहीले बोल्न सकिरहेका छैनन् तर ५ नम्बरमा हामी कोही खुसी छैनौं। हामीसँग राष्ट्रिय कनेक्टिभिटी पनि छैन, सोसल कनेक्टिभिटी छैन। आर्थिक कनेक्टिभी पनि छैन।’  

उच्च अदालत तुलसीपुर जाँदा नेपालगन्जले राजधानीको अवसर गुम्दा तत्कालीन समयमा प्रधानमन्त्री तथा कांग्रेस सभापति सुशील कोइरालाले पहल नगरेको उनको गुनासो थियो। 

शाहीकालमा क्षेत्रीय कार्यालय नसार्ने आन्दोलनको नेतृत्व आपूmले गरेको दाबी गर्दै उनले तत्कालीन सात दलका कारण आन्दोलन तुहिएको स्मरण पनि गरे। 

  


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.