सडक महोत्सवमा अन्नपूर्णको साथ

सडक महोत्सवमा अन्नपूर्णको साथ

पोखरा : अंग्रेजी नयाँ वर्षका अवसरमा फेवाताल किनारमा हुने २०औं सडक महोत्सवमा अन्नपूर्ण पोस्ट्ले साथ दिने भएको छ। पोखरा लेकसाइडस्थित तीन किलोमिटर क्षेत्रमा हुने सडक महोत्सवमा अन्नपूर्ण मिडिया नेटवर्क मिडिया पार्टनरका रूपमा सहभागी हुने भएको हो। सडक महोत्सव पुस १३ देखि १७ गतेसम्म हुनेछ।

पोखरामा बुधबार अन्नपूर्ण पोस्ट् पोखरा सेल्स एन्ड मार्केटिङ इन्चार्ज शिवहरि देवकोटा, अन्नपूर्ण पोस्ट् पोखरा ब्युरो चिफ केशवशरण लामिछाने र रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल (रेबान) पोखराका अध्यक्ष बुधराज (भीमसेन) भुजेल, प्रथम उपाध्यक्ष लक्ष्मण बराल र महासचिव गणेशबहादुर थापाले सम्झौतापत्र आदानप्रदान गरेका थिए। अन्नपूर्ण मिडिया नेटवर्कअन्तर्गत एपीवान टीभी पनि मिडिया पार्टनर रहनेछ।

नेपाली कला, संस्कृति तथा खानाको स्वाद पस्किने गरी सडक महोत्सवको तयारी गरिएको छ। रेबान पोखराको आयोजनामा हुने २०औं सडक महोत्सवमा कोरियाली, जापानी, चिनियाँ र भारतीय सांस्कृतिक प्रदर्शनी हुने महासचिव गणेशबहादुर थापाले बताए।

अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थलका रूपमा पोखरालाई विकास गर्ने उद्देश्यले रेबान पोखराले सडक महोत्सव आयोजना गर्दै आएको छ। नेपाली कला, संस्कृति, लोपोन्मुख नेपाली भेषभूषा, घरेलु उत्पादन महोत्सवमार्फत प्रदर्शनी गरिने रेबान पोखराका अध्यक्ष भुजेलले जानकारी दिए। महोत्सव अवधिभर सडकमै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खानाका परिकार पस्कनुका साथै विभिन्न खेलकुद तथा हस्तकला प्रदर्शनी हुनेछ। महोत्सवमा लाइभ कन्सर्ट, लोकदोहोरीलगायत सांस्कृतिक कार्यक्रम पनि आयोजना गरिने रेबान पोखराका प्रथम उपाध्यक्ष लक्ष्मण बरालले बताए।

१९ वर्षअघि नेपाल घुम्न आएका पर्यटक अंग्रेजी नयाँ वर्ष मनाउन भारतको गोवा जाने गरेको पत्तो पाएपछि रेबानले पोखरालाई अंग्रेजी नयाँ वर्षको गन्तव्यस्थल बनाउन सडक महोत्सव आयोजना गर्दै आएको हो। पछिल्लो समय फेवाताल किनारमा हुने महोत्सव नेपालकै ठूलो महोत्सवकारूपमा विकास भएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.