११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको स‌ंख्या १० लाख नाघ्यो

११ महिनामा नेपाल भ्रमण गर्ने पर्यटकको स‌ंख्या १० लाख नाघ्यो

काठमाडौं : नेपालमा पर्यटक आगमन १० लाख नाघेको छ। सन् २०१८ को जनावरीदेखि नोभेम्बरसम्मको ११ महिनामै १० लाख एक हजार ९३० पर्यटकले नेपाल भ्रमण गरेको नेपाल पर्यटन बोर्डको तथ्यांकले देखाएको हो। गत वर्षको ११ महिनामा नेपालमा ८ लाख ५७ हजार २सय ५२ जना पर्यटक आएका थिए।

तथ्यांक अनुसार यो संख्याको पर्यटक आगमन हालसम्मकै बढी हो। यो वर्षको डिसेम्बरको तथ्यांकले पर्यटक आगमन करिब एक लाख बढ्ने अनुमान गरिएको छ। 

गत वर्षको डिसेम्बरमा नेपालमा ८२ हजार ९ सय ६६ जना पर्यटक नेपाल आएका थिए। यो सहित गत वर्ष सन् २०१७ मा नौ लाख ४० हजार २१८ जना पर्यटक नेपाल आएका थिए। 

यही तथ्यांक अनुसार पर्यटक आगमन दर बढेमा यो वर्षको पर्यटक आगमन करिब ११ लाख पुग्ने भएको छ। सन् २०१८ मा नेपाल आउने पर्यटकमा सबैभन्दा बढी भारतीय पर्यटक छन्।

हालसम्म नेपालमा १ लाख ७८ हजार १३० जना भारतीय पर्यटक नेपाल भित्रिसकेका छन्। भारतीय पर्यटकको नेपाल आगमन गत वर्षको नोभेम्बरसम्मको तुलनामा यो वर्षको सोही अवधिसम्मा २३ प्रतिशतले भारतीय पर्यटक बढेको उल्लेख छ।

गत वर्षको नोभेम्बरसम्ममा नेपालमा १ लाख ४४ हजार ३७९ जना पर्यटक नेपाल आएका थिए।नेपालको पर्यटन प्रवद्र्धनको प्राथमिकतामा परेको भारतपछिको दोस्रो छिमेकी गन्तव्य चीनबाट १ लाख ३४ हजार ३६२ जना पर्यटक नेपाल आएका छन्। चीनबाट आउने पर्यटकको आगमन दर गत वर्षको तुलनामा ४३ प्रतिशतले बढी हो। 

यस्तै पर्यटक धेरै भित्रने तेस्रो देशमा अमेरिका रहेको छ। अमेरिकाबाट सन् २०१७ मा ७३ हजार ६५० जना पर्यटक भित्रिएकामा यो वर्ष १२ प्रतिशतले बढेर ९८ हजार ६४६ जना नेपाल आएको उल्लेख छ। यस्तै चौथौ गन्तव्यमा बेलायत र पाँचौमा जर्मनी रहेको छ।

बेलायबाट सन् २०१८ मा ५७ हजार ५५५ जना पर्यटक आएकामा गत वर्ष यस्तो संख्या ५० हजार ६५२ जना रहेको थियो। जर्मनीबाट भने सन् २०१७ मा २८ हजार ७०२ जना पर्यटक नेपाल आएकामा सन् २०१८ मा यो संख्यामा २० प्रतिशतले बढेर ३४ हजार ४७९ जना आएको उल्लेख छ। समग्रमा सन् २०१७ को ११ महिनाको तुलनामा २०१८ मा नेपाल भ्रमण गर्ने पर्यटकको संख्या १६.९ प्रतिशतले बढेको तथ्यांकले देखाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.