रामसीता विवाह : जन्तीको भोजनमा अढाई करोड खर्च

रामसीता विवाह : जन्तीको भोजनमा अढाई करोड खर्च

मनिका झा/राजकरण महतो 

जनकपुरधाम :
जानकी मन्दिरमा बिहीबार बासमती चामलको भात र रहरको दालको बास्ना मगमगाई रहेको थियो। काउली, आलु, भान्टा, मटर, पनिरलगायत ५६ व्यञ्जनका परिकार तयार गर्न अढाई सय भान्सेलाई भ्याई न भ्याई थियो। 

‘पन्घतके सीताराम’ (खाना खान जाम) रामसीताको विवाहमा अयोध्याबाट आएका जन्तीलाई मन्दिरका बडे महन्थ रामतपेश्वर दास वैष्णवले आग्रह गरे। उनको आग्रहपछि भोकाएका भगवान रामका जन्ती लामबद्ध भए। साधुसन्त मन्दिर परिसरमा ओछ्याइएको पटिया (गुन्द्री) मा बस्न हानथाप गरे। बिहेका लागि सजाइएको मण्डपमा राम, लक्ष्मण, भरत र शत्रुधनका प्रतिकका रुपमा सजाइएका बालकलाई बसाइयो। त्यसपछि सुरु भयो रामकलेवा उत्सव। 

५६ व्यञ्जन पस्किन करिब २० बारिकलाई दुई घण्टा लागेको थियो। परिकार पिच्छे मिथिलाका कलाकारले विवाहमा सम्धीको बिदा गर्दा गाइने गीत सोहर र खेलौना गाउँदै हाँसिमजाक र ठट्टा गरेका थिए। केटी पक्षबाट जानकी मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले केटापक्षको तर्फबाट आएका अयोध्याका मंगलपिढाधिस्वर माधवाचार्यलाई सम्धी सरह मान्दै हाँस्यव्यग्य प्रहार गरेका थिए। उत्तरमा माधवाचार्यले पनि उखानटुक्का जोड्दै मर्जादी भोजलाई रोमाञ्चक बनाए। 

रामसीता विवाह महोत्सवको सम्पूर्ण व्यवस्थापनमा दुई करोड ५० लाख भन्दा बढी खर्च भएको छ। जसमध्ये ५० लाख प्रदेश सरकारले तिरेको छ भने अन्य खर्च मन्दिरका शुभचिन्तक, शिष्य र सहयोगीबाट जुटाइएको छ। 

रामसीता विवाह महोत्सवको सम्पूर्ण व्यवस्थापनमा दुई करोड ५० लाख भन्दा बढी खर्च भएको छ। जसमध्ये ५० लाख प्रदेश सरकारले तिरेको छ भने अन्य खर्च मन्दिरका शुभचिन्तक, शिष्य र सहयोगीबाट जुटाइएको छ। 

सीताराम विवाह महामहोत्सवको अन्तिम कार्यक्रमको रुपमा मनाइने रामकलेवामा जन्ती स्वरुप आएका साधुसन्तलाई मर्जादी भोज खुवाएर दक्षिण र उपहार दिएर बिदा गर्ने परम्परा रहेको छ। सोही अनुरुप यस वर्ष पनि मन्दिरका तर्फबाट करिब हजार भन्दा बढी साधुसन्तलाई सय रुपैयाँदेखि २१ हजारसम्म दक्षिणा र प्रत्येक साधुलाई एउटा उनी कम्बल दिएर बिदा गरिएको उत्तराधिकारी महन्थ रामरोशन दास वैष्णवले बताए। ‘यहाँ विशिष्ट श्रेणीका साधुसन्तदेखि सामान्य कोटीको साधु समेतको सहभागिता थियो,’ महन्थ दासले भने, ‘ति सबै सहभागी जन्तीलाई हामीले सक्दो सम्मान पूर्वक बिदा गरेका हौं।’

जन्तीलाई खुवाइने व्यञ्जनलाई स्वादिष्ट बनाउन शुद्ध घ्यू, तेल र रिफाइन्ड तेल पाँच सय ८० लिटर  खर्चिएको हो। त्यसैगरी चामल १० क्विन्टलसँगै तरकारी र चिनी सोही मात्रामा खर्च भएको महन्थ दासले बताए। 

सीताराम विवाह महोत्सवको सम्पूर्ण व्यवस्थापनमा दुई करोड ५० लाख भन्दा बढी खर्च भएको छ। जसमध्ये ५० लाख प्रदेश सरकारले तिरेको छ भने अन्य खर्च मन्दिरका शुभचिन्तक, शिष्य र सहयोगीबाट जुटाइएको हो। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.