फोटो पत्रकार शाह तीन घण्टापछि रिहा
काठमाडौं : तस्बिर खिच्ने क्रममा पक्राउ परेकी फोटो पत्रकार वर्षा शाहलाई प्रहरीले तीन घण्टापछि रिहा गरेको छ ।
राष्ट्रपति कार्यालयमा समाचार संकलनका लागि पुगेकी शाहमाथि दुव्र्यवहार भएको भन्दै डिएसपी फणीन्द्र प्रसाइले माफी समेत मागेका छन् । महाराजगन्जस्थित एक रुपैयाँ संकलन गरिरहेको एक समूहको तस्बिर खिचिरहेको अवस्थामा शाहलाई प्रहरीले बिहीबार दिउसो पक्राउ गरेको थियो ।
राष्ट्रपतिको लागि गाडी किन्न भन्दै प्रतिकात्मक विरोध स्वरुप एक रुपैयाँ संकलन गरी रकम बुझाउन गएको समूहको तस्बिर शाहले खिचिरहेकी थिइन् ।