पुलिसको आँखामा खुर्सानी हालेर भाग्न खोज्दा
हुम्ला : सुरक्षाकर्मीको आँखामा खुर्सानी हाली भाग्न खोज्ने एक कैदीलाई जिल्ला प्रहरी कार्यालय हुम्लाले नियन्त्रणमा लिएको छ ।
प्रहरीको हिरासतमा रहेका हुम्ला सर्केगाड गाउँपालिका-२ रिप गाउँका रङ्गमल भनिएका गङ्गे महताराले सुरक्षार्थ खटिएका सुरक्षाकर्मीलाई आँखामा चाउचाउको धुलो खुर्सानी हाली भाग्न खोज्दा नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक रविन श्रेष्ठले बताए ।
उनका अनुसार, बिहीबार बिहान करिब ४ बजे शौचालयमा शौच गर्न गएको र शौचबाट हिरासतमा लाने क्रममा सुरक्षामा खटिएका प्रहरी जवान सुन्द्र सिंहको आँखामा खुर्सानी हालेर भाग्न खोजेका थिए । प्रहरी जवान सिंहको जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।
हात हतियार खर–खजाना र कर्तव्य ज्यान मुद्दाका अभियोग लागेका उनलाई जिल्ला अदालत हुम्लाको आदेशमा पुर्पक्षका लागि थुनामा राखिएको छ ।