जबरजस्ती करणीका फरार अभियुक्त मृत फेला
सन्धिखर्क : अर्घाखाँचीको भुमिकास्थान नगरपालिकामा जबरजस्ती करणीको आरोपमा फरार अभियुक्त मृत फेला परेका छन्। भूमिकास्थान नगरपालिका वडा नम्बर - ३ रातामाटाको पोखराचौरमा अन्दाजी ५५ वर्षीय प्रेमनारायण बन्जाडे आत्महत्या गरेको अवस्थामा फेला परेका हुन् ।
परिवारकाअनुसार उनी बुधबार मात्र घरमा आएका थिए। आफ्नै घर नजिकै रहेको खन्युको रुखमा झुन्डिएको अवस्थामा बिहीबार घरपरिवारले फेला पारेका हुन्। मृतक बन्जाडेको घरमा दुई छोरी, एक छोरा र श्रीमती रहेका छन्। बन्जाडेले आत्महत्या गर्नु अगाडि एउटा पत्र लेखेर झुण्डिएको प्रहरी निरिक्षक गंभीरजंग थापाले जानकारी दिए।