मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा १ जनाको मृत्यु

दमक : झापाको कमल गाउँपालिकास्थित केर्खामा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बिहीबार बेलुका भएकाे दुर्घटनामा तेह्रथुमका २६ वर्षीय पुर्णराज लिम्बुकाे मृत्यु भएकाे हाे। 

पुर्वपश्चिम राजमार्ग अन्तरगत सानो केर्खाको शहिद गेटको छेउमा दुई वटा मोटरसाइकल एकआपसमा ठाेक्किँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको छ। पुर्वबाट पश्चिमतर्फ आउँदै गरेको को ९ प ९८७१ र बिपरित दिशाबाट जाँदै गरेको को १२ प ७५२२ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएका थिए।

दुर्घटनामा को १२ प ७५२२ नम्बरको माेटरसाइकलमा सवार सुनसरीको गदि गाउँपालिका वडा नम्बर ५ का २२ वर्षीय सनोज श्रेष्ठ र सोही मोटरसाइकल पछाडि बस्ने ईटहरी उपमहानगरपालिकाका २२ वर्षीय बिमल श्रेष्ठ घाइते भएका छन्। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.