जुम्लामा हिमपात, किसान खुसी (फोटोसहित)

जुम्लामा हिमपात, किसान खुसी (फोटोसहित)

जुम्ला : जुम्लामा शुक्रबार बिहान परेको हिमपातका कारण कृषक खुसी भएका छन्। हिमपातसँगै चिसोले यहाँको जनजीवन कष्टकर भएको छ। तर यतिखेर परेको हिँउले स्याउ तथा हिउँदे बालिमा फाइदा पुग्ने भन्दै कृषक खुसी भएका छन्।

जति हिउँदमा हिमपात हुन्छ, त्यति नै बाली राम्रो हुने स्थानीय बताउँछन्।कृषि विज्ञले हिउँ संकलन गरेर पोखरी वा विरुवामा जम्मा गर्न अनुरोध गरेका छन्। यस्तो बेलामा बिरामीको संख्या बढ्ने हुँदा धेरै हिउँ नखेल्न तथा चिसोबाट सुरक्षित रहन चिकित्सकले आग्रह गरेका छन्। 

हिउँ परेपछि अधिकांशमा खुसियाली छाएपनि यसबाट बालबालिका र वृद्ववृद्वा बढी प्रभावित भएका छन्। हावापानी फिल्ड कार्यालयका अनुसार जिल्लाको न्युनतम तापक्रम माइनस शून्य दशमलव आठ डिग्री सेल्सियसमा झरेको छ।हिमपात भएपछि वार्षिक परीक्षा समेत प्रभावित भएको छ।यस वर्ष डोल्पामा हिमपात छिटो भएको हो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.