उपचारका लागि अस्पताल हिँडेका युवाको शंकास्पद मृत्यु

उपचारका लागि अस्पताल हिँडेका युवाको शंकास्पद मृत्यु

ललितपुर : मृगौला फेल भएर उपचार गराइरहेका ललितपुरको कोन्जोस्योम गाउँपालिका शंखुका २६ वर्षीया उपेश थिङको शंकास्पद मृत्यु भएको छ। 

लगनखेलको बटुकभैरव मन्दिर नजिकैको पार्कमा उनको शव शुक्रबार बिहान भेटिएको महानगरीय प्रहरी प्रभाग लगनखेलका इन्चार्ज, दीपेन्द्रराज गिरीले जानकारी दिए। मृगौला फेल भएपछि निदान अस्पताललमा उपचार गराइरहेका उनको कसरी मृत्यु भयो भन्ने खुल्न कसेको छैन। 

‘उनले आत्महत्या गरेको अनुमान गरिएको छ’, गिरीले भने, ‘अझै पनि मृत्युको कारण यकिन भएको छैन।’ कतैबाट विष सेवन गरेर त्यहाँ आएर मृत्यु भएको प्रहरीको अनुमान छ। शुक्रबार बिहान दश बजे पार्कमा प्रहरीले उनको शव भेटेको थियो।

दाइलाई उद्धृत गर्दै गिरीले थिङ उपचारकाा लागि घरबाट हिँडेको जानकारी दिए। उनको मृत शरीर पोस्टमार्टमका लागि पाटन अस्पताल लगिएको छ। 

कोन्जोस्योम गाउँपालिकाका प्रमुख गोपीलाल सिंतानले भने उनको आत्महत्या गरेको नभई उपचारका लागि जाँदै गर्दा बाटोमै मृत्यु भएको बताए। 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.