ऊर्जामन्त्रीलाई २०२ किलोको माला !
काठमाडौं : ऊर्जामन्त्री वर्षमान पुनलाई रौतहटमा २०२ किलोको मालाले सम्मान गरिएको छ।
शुक्रबार रौतहटको कटहरिया नगरपालिकामा आयोजित कार्यक्रममा २०२ किलोको मालाले सम्मान गरिएको हो।
मन्त्री पुनलाई कटहरिया नगरपालिका र स्वर्णकार समाजले २०२ किलोको मालाले सम्मान गरेका हुन्। ऊर्जामन्त्री पुन रौतहटका सिंचाई र नदी नियन्त्रण आयोजनाको अनुगमन गर्न गएका हुन्।
ऊर्जामन्त्री पुनले रौतहतको जनसभालाई सम्बोधनसमेत गरेका छन्। उनले सम्बोधनका क्रममा जनयुद्धका स्मरणीय दिन सम्झिए।