आर्यघाटमा सरकारी दाउराले पुग्दैन शव जलाउन, बिग्रिरहन्छ विद्युतीय मेसिन

आर्यघाटमा सरकारी दाउराले पुग्दैन शव जलाउन, बिग्रिरहन्छ विद्युतीय मेसिन

काठमाडौं : पशुपति आर्यघाटमा शव जलाउन प्रतिदिन ५० क्विन्टल काठ खपत हुने गरेको छ। पशुपति क्षेत्र विकास कोषले सञ्चालमा ल्याएको विद्युतीय शवदाह गृह संञ्चालनमा ल्याएपनि पनि पटकपटक बिग्रिदा ठूलो मात्रामा काठ खपत हुने गरेको हो। 

एक दिनमा सरदर २० वटा शव पशुपति आर्यघाटमा जल्ने गरेको पशुपति क्षेत्र विकास कोषले तथ्यांकले देखाउँछ। वन मन्त्रालय अन्तर्गतको टिम्बर कर्पोरेशन अफ नेपाल लिमिटेडले एउटा शव जलाउन कम्तिमा २ सय ५० किलोग्राम दाउरा बेच्ने गर्छ। यो हिसाबमा कर्पोरेशनले प्रतिदिन ५० क्विन्टल दाउरा बेच्ने गरेको छ।  
 

पशुपति घाटमा मात्र प्रतिदिन सरदर २० शव जलाउका लागि दाउरा बिक्री हुने गरेको पशुपति घाट डिपो प्रमुख धु्रनप्रसाद पोखरेल बताउँछन्। ‘प्रतिदिन कम्तिमा ५ हजार किलोग्राम दाउरा खपत हुने गरेको छ’, पोखरेल भन्छन्,’कहिलेकाहीँ यो परिमाण पनि कम हुन्छ।’
 
पशुपति घाटमा शव जलाउन प्रयोग हुने दाउरासमेत सरकारले पुर्याउन सकेको छैन। टिम्बर कर्पोरेशनले निजी क्षेत्रबाट पनि दाउरा खरिद गर्ने गरेको डिपो प्रमुख पोखरेल बताउँछन्।

‘सरकारी क्षेत्रबाट आएका दाउराले मात्र नपुग्ने भएकाले निजी क्षेत्रबाट दाउरा खरिद गर्नुपरेको छ’, उनी भन्छन्, ‘निजी जग्गामा रुख ठेकेदारले खरिद गरेर यहाँसम्म पुर्याउने गर्छन्।’ प्रमुख पोखरेलका अनुसार ७ वर्षदेखि सरकारले पशुपति क्षेत्रका लागि निजी क्षेत्रबाट दाउरा खरिद गर्न लागेको हो।  
 
विद्युतिय मेसिनमा समस्यै समस्या 
शवदाह गृहमा रहेका दुईवटा मेसिनमध्ये अहिले एउटा मात्र संञ्चालनमा छ। विभिन्न किसिमका प्राविधिक समस्या हुँदा हरेक महिनामा एउटा मेसिन बिग्रिएकै हुन्छ।

यसअघि मेसिन बिग्रिदा लामो समय शवदाह गृह बन्द हुने गरेको थियो। साना भन्दा साना पार्ट भारतबाट ल्याउनुपर्ने भएकाले मेसिन बिग्रिएपछि बनाउन लामो समय लाग्ने कोष बताउँछ। ‘विद्युतीय मेसिनबाट संचालन हुने भएकोले कहिलेकाहीँ प्राविधिक समस्या आउँछ’, पशुपति विकास कोषका प्रशासकीय अधिकृत मगर भन्छन्,‘भारतबाट सामान नआउँदासम्म शवदाह गृह बन्द गर्नुपर्ने हुन्छ।’
 
पशुपति आर्याघाटमा अहिले दुईवटा विद्युतीय शवदाह गृह रहेकोमा १५–१५ दिनमा परिवर्तन गरेर एउटामात्र संचालन हुने गरेको छ। विद्युतीय नियमित रुपमा संञ्चाल हुन नसक्दा पनि दाउरा धेरै खपत हुने गरेको छ। 

मेसिनमा जलाउँन मान्दैनन् आफन्त

आइतबार पशुपति घाटमा मलामी आएका संञ्जय पौडेल भन्दै थिए परिवारले मेसिनमा जलाउँन नमानेपछि दिदी ससुराको शव दाउराले नै जलाउने निर्णय भयो। शव किन विद्युतीय मेसिनमा नलगेको भन्ने प्रश्नको उत्तरमा संञ्जय भने,‘सुरुमा दिदीका ससुराको शवलाई मेसिनबाटै जलाउने कुरा थियो, पछि परिवारका सदस्यले दाउरामै सेलाउन चाहे।' 

२०७२  सालबाट संञ्चालनमा आएको विद्युतीय शवदाह गृहमा शव जलाउन मानिस हिचकिचाउने गरेका छन्। पशुपति घटामा रहेको शवदाह गृहमा भन्दा दाउराबाट बढी शव जलाइने गरेको पशुपति क्षेत्र विकास कोष बताउँछ।

‘विद्युतीय शवदाह गृह भन्दा घाटमा धेरै लाश जल्ने गरेका छन्, मनिस सबै किसिमका मृत्यु संस्कार गर्न मिल्दैन कि भन्ने मान्छन् होला तर त्यस्तो होइन’, प्रशुपति क्षेत्र विकास कोषका प्रशासकिय अधिकृत कुमार थापा मगर भन्छन्,‘यहाँ पनि घाटमा जस्तै सबै किसिमका मृत्यु संस्कार गरेर बिदा गर्न मिल्छ।’ 

मिसिनबाट लाश जलाउदा समयको पनि बचत हुने अधिकृत थापा बताउँछन्। उनका अनुसार विद्युतीय शवदाह गृहमा ४५ मिनेटमा शव जलेर सकिन्छ भने घाटमा दाउराबाट कम्तिमा ३ घन्टा लाग्छ। साथै  विद्युतीय मेसिनबाट शव जलाउँदा वायु प्रदुषण कम हुने साथै आर्थिक स्थिति कमजोर हुनेलाई पनि सहज हुने गर्दछ। 
अधिकृत थापा भन्छन्,‘दाउराबाट शव जलाउँदा कम्तिमा पनि १० हजार खर्च लाग्छ भने मेसिनबाट शव  जलाउँदा बढीमा २५ सयदेखि ५ हजार सम्ममा काम टुंगिन्छ।’  
  


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.