ढुङ्गाले लागेर बालकको मृत्यु
पाल्पा : पाल्पाको रैनादेवी छहरा गाउँपालिका ४ आँपपाटामा डोजरले पल्टाएरको ढुङ्गाले लागेर एक बालकको मृत्यु भएको छ। शनिबार दिउँसो सडकमा हिँडिरहेका रैनादेवी गाउँपालिका २ सोमादीका ७ वर्षीय रोजित रास्कोटीको बा २ क ७४७३ नम्बरको डोजरले सडक खन्ने क्रममा पल्टाएको ढुंङ्गाले लागेर मृत्यु भएको हो।
छहरा ,अमलावास हुँदै तान्सिङ्गल जोड्ने मोटर बाटो खन्ने क्रममा ढुङ्गाले लागेर सास्कोटीको घटनामस्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ। उनको टाउकोमा गम्भीर चोट लागेको थियो। शवलाई पोष्मार्टमका लागि जिल्ला अस्पताल ल्याइँदै गरिएको प्रहरीले जनाएको छ।
डोजर र चालकलाई नियन्त्रणमा लिइ अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विनोद अधिकारीले जानकारी दिए।