गुडिरहेको ट्रकमा आगलागी हुँदा करोडको क्षति

गुडिरहेको ट्रकमा आगलागी हुँदा करोडको क्षति

तौलिहवा : कपिलवस्तुको चन्द्रौटामा गुडिरहेको ट्रकमा आगलागी हुँदा ट्रकभित्र रहेको एक करोड रुपैयाँ बराबरको सामान क्षति भएको बताइएको छ ।

डडेलधुरामा एनसेलको टावर बनाएर फर्किँदै गरेको ना ६ ख ५८१२ नम्बरको ट्रकमा एक्कासी आगलागी भएको हो । चन्द्रौटा राजस्व चेकप्वाइन्टमा आइपुग्दा ट्रकको छतबाट एक्कासी आगोको मुस्लो निस्किएपछि स्थानीय र प्रहरीले झण्डै एक घण्टासम्म आगो निभाउने प्रयास गरे ।

नजिकै दमकल नहुँदा आगो निभाउन कठिन भएको बताइएको छ । आगलागीमा मानवीय क्षति र ट्रकमा पनि धेरै क्षति नभए पनि त्यसभित्र लोड गरिराखेको सामान भने नष्ट भएको हो ।

ट्रकमा राखिएको ब्याट्री एक्कासी सर्ट भइ आगलागी भएको हुनसक्ने प्रहरीले बताएको छ । ट्रकमा एनसेलको टावरका लागि चाहिने पुरानो तथा नयाँ ब्याट्री र त्यससम्बन्धी सामग्री लोड गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.