राजश्व सचिव ढुंगानाको सरूवा, उनको ठाउँमा घिमिरे
काठमाडौं : सरकारकाले अर्थमन्त्रालयका राजश्व सचिव शिशिरकुमार ढुंगानाको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले उनलाई सरुवा गर्ने निर्णय गरेको हो ।
अर्थमन्त्रालय स्रोतले दिएको जानकारीअनुसार ढुंगानालाई प्रधानमन्त्री कार्यालयमा पठाइएको छ । ढुंगानाका ठाउँमा प्रधानमन्त्री कार्यालयका लालशंकर घिमिरेलाई ल्याइएको छ ।
दुवैले सोमबार कार्यभार सम्माल्ने बताइएको छ ।