फेरि लगानी सम्मेलन हुने
काठमाडौं : सरकारले फेरि अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्ने तयारी गरेको छ। सम्मेलन आगामी मार्च २९ र ३० मा गर्नेगरी सरकारले तयारी थालेको छ। फेरि सम्मेलन हुने कुरा अर्थमन्त्री युवराज खतिवडाले आइतबार खुलासा गरेका हुन्।
यसअघि सन् २०१७ मा आयोजना गरिएको लगानी सम्मेलनमा भारतलगायत विभिन्न मुलुकले १३ अर्ब ७४ करोड अमेरिकी डलर बराबरको लगानी प्रतिबद्धता जनाएका थिए। यद्दपी प्रतिवद्धता अनुरुपको लगानी आउन सकेन।