अनैतिक सम्बन्ध रहेको आशंकमा श्रीमती र छोरीको हत्या

अनैतिक सम्बन्ध रहेको आशंकमा श्रीमती र छोरीको हत्या

हेटौंडा : पर-पुरुषसँग अनैतिक सम्बन्ध रहेको आशंकामा श्रीमती र छोरीको हत्या गरेको आरोपमा एक भारतीय युवालाई मकवानपुर प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

श्रीमती र एक वर्षीया छोरीको हत्या गरेर हेटौंडा १९ स्थित राप्ती खोलामा फालेर बेपत्ता भएका भारत बिहार राज्य मोतिहारी थाना रामगढवा प्राम पञ्चायत बलहिया-८ का महम्द रामजान मियाँ दर्जीलाई प्रहरीले पक्राउ गरेको हो। 

उनले २५ वर्षकी श्रीमती लालमुन खातुन र एक वर्षकी छोरी रोशन खातुनलाई राप्ती खोलामा लगेर हत्या गरेको स्वीकार गरेको मकवानपुर प्रहरी प्रमुख एसपी बुद्धी गुरुङले जानकारी दिए। खातुनको माइती भारतमै भएको खुलेको छ।

‘दर्जीले श्रीमतीको अन्य व्यक्तिसँग अनैतिक सम्बन्ध रहेको र सधैं झगडा गरिरहने भएकाले राप्ती खोलमा लगेर हत्या गरेको प्रहरी समक्ष स्वीकार गरेका छन्’, गुरुङले भने, ‘श्रीमती र छोरी मार्न सहयोग गर्ने उनका भाइ आरमान मिया भने फारार छन्, हामीले खोजिकार्य गरिरहेका छौं।’

मंसिर १८ गते हेटौंडा-१९ नेवारपानीस्थित राप्ती खोलामा करिब एक वर्षकी बालिका मृत भेटिएकी थिइन्। साथै उक्त स्थान भन्दा ५० मिटरमाथि मंसिर २२ गते  बिहान एक महिलाको शव प्रहरीले भेटेको थियो। 

महिलाको शवसँगै फोन नम्बर उल्लेख भएको डायरी र बच्चाको जिन्सको पाइन्ट फेला परेपछि प्रहरी निरीक्षक मधुकुमार थापाको कमाण्डमा अनुसन्धान सुरु भएको थियो। 

अनुसन्धानको क्रममा एकैदिन आमा छोरीको हत्या भएको पाइएको प्रहरी निरीक्षक थापाले बताए। दर्जी हेटौंडा-५ मा कोठा लिएर बस्दै आएको खुलेपछि खोजतलासको क्रममा हेटौंडाबाट पक्राउ गरिएको उनले जानकारी दिए। 

छोरी र श्रीमतीको हत्या गरी हेटौंडा बजारमा लुकिछिपी बस्दै आएका दर्जीलाई मंसिर २९ गते प्रहरीले नियन्त्रणमा लिएको थियो।

महिलाको शवसँगै फेला परेको डायरीमा रहेका नम्बरबाट भारतमा रहेका उनका आफन्तलाई झिकाएर घटनाको अनुसन्धान गर्ने क्रममा दर्जी फेला परेको प्रहरी निरीक्षक थापाले बताए।  शव मृतक महिलाको दाजु तथा बालिकाको मामा भारतका अलियर मियाले बुझेर लगेका थिए।

मंसिर १७ गते साँझ दर्जीले श्रीमती र छोरीलाई श्रीमतीको आमा बुबा आएको झुक्याएर हेटौंडा १० स्थित बसपार्क लगेका थिए। बसपार्कबाट नेवारपानी पु¥याएर उनले श्रीमतीको घाँटीमा सलले बाँधेर र छोरीको घाँटी थिचेर हत्या गरेको प्रहरीले जनाएको छ। 

१७ गते साँझ हत्या गरेर खोलामा फालेपछि १८ गते बिहानै बालिकाको शव भेटिएको थियो। बालिकाको शव भेटेपछि प्रहरीले अनुसन्धान थालेको थियो।

पक्राउ परेका दर्जीमाथि मुलुकी फौजदारी अपराध संहिता ऐन २०७४  अन्तर्गत ज्यान सम्बन्धी कसुरमा आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको मकवानपुर प्रहरीले जनाएको छ। 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.