खोलामा लुगा धुन गएकी किशोरी बलात्कृत, दुई युवा पक्राउ

खोलामा लुगा धुन गएकी किशोरी बलात्कृत, दुई युवा पक्राउ

बेंसीशहर : लमजुङ प्रहरीले किशोरीमाथि बलात्कार गरेको अभियोगमा आइतबार २ युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा नुवाकोटस्थित ककनी गाउँपालिका–६ का १९ वर्षीय विशाल तामाङ र राजकुमार तामाङ छन् । 

मंसिर २९ गते साँझ दोर्दी गाउँपालिकाको किसेदी खोलामा लुगा धुन गएकी १३ वर्षीया किशोरीलाई विशालले करणी गरेको स्थानीयलाई उदृत गर्दै प्रहरीले जनाएको छ । 

विशालपछि साथमा रहेका राजकुमारले पनि बलात्कार प्रयास गरेका थिए । तर नसकेपछि उनी तत्कालै फरार भएको प्रहरीले जनाएको छ ।

बालिका बलात्कारपछि फरार रहेका तामाङद्धयलाई प्रहरीले आइतबार विहान पक्राउ गरेको हो । उनीहरुलाई जिल्ला अदालतबाट १० दिनको म्याद थप गरी अनुसन्धान सुरु गरिएको प्रहरी निरीक्षक राजेन्द्र अधिकारीले जानकारी दिए । 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.