खारेज हुँदै डोल्पाका ४३ गैरसरकारी संस्था

खारेज हुँदै डोल्पाका ४३ गैरसरकारी संस्था

डोल्पाः डोल्पामा कार्यरत ४३ वटा गैरसरकारी संस्थाहरु पूर्ण खारेजीको सूचीमा परेका छन् । दर्ता भएर पनि नवीकरण नगरेका संस्थाहरु खारेजीको सूचीमा पारिएको हो । 

सामाजिक सेवा र विकास गर्ने उद्देश्यका साथ दर्ता भएका २ सय ५९ ओटा संस्थामध्ये नवीकरणका लागि बारम्बार ताकेता गर्दा नसुनेपछि ४३ संस्था पूर्ण खारेजीमा परेको जिल्ला प्रशासन कार्यालय डोल्पाले जानकारी दिएको छ । 

समयमा नवीकरण नगरी पूर्ण खारेजीको सूचीमा परेका र नवीकरणका लागि समय सकिन थालेका अधिकांश गैरसरकारी संस्थाहरु जिल्लामा लामो इतिहास बोकेका र प्रतिष्ठित व्यक्तिहरुले सञ्चालन गरेका हुन् । 

दर्ता गरिएका २ सय ५९ मध्ये हालसम्म १७ वटाले मात्र नियमिता नवीकरण गर्ने गरेको जिल्ला प्रशासनले जनाएको छ । २०७५ असोज १६ गते संस्थाहरुलाई आवश्यक कागजपत्रसहित नवीकरण गर्न ३५ दिने सूचना प्रकाशित गरिएको थियो । 

नाम चलेका स्थानीय संस्थाहरुमा डोल्पा उद्योग बाणिज्य संघ, डोल्पा दलित शसक्तिकरण केन्द्र, डोल्पो धो तराप समाज सेवा, त्रिपुरा सांस्कृतिक तथा सामुदायिक विकास समिति त्रिपुराकोट, फोक्सुण्डो ताल संरक्षण समिति, डोल्पा पर्यटन सहयोग समिति, सामुदायिक वन उपभोक्ता महासंघ लगायतका प्रतिष्ठित संस्थालेसमेत हालसम्म नवीकरण गरेका छैनन् ।

डोल्पाका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले प्रशासनले बारम्बार नवीकरणमा ताकेता गर्दा पनि सम्पर्कमा नआएको बताए । लगातार तीन वर्षसम्म भन्दा बढी समय नवीकरण गर्न नआएका ४३ संस्थालाई खारेज गरिन लिएको उनले बताए । 

एक सय ९९ संस्थालाई नवीकरणका लागि पुनः ताकेता गरिएको पनि प्रजिअ थापाले जानकारी दिए । प्रशासनमा दर्ता गरेर विभिन्न दातृ निकायबाट ठूलो बजेट माग गर्दै आफुखुसी कार्यक्रम चलाइ कार्यप्रगति विवरण नदेखाउने, पारदर्शी आर्थिक कारोबार नगर्ने धेरै संस्थालाई नियमन गरिने प्रजिअ थापाले बताए । 
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.