नेकपाका नेताको खण्डन : मलाई बदनाम गर्ने चालबाजी
काठमाडाैं : अन्नपूर्ण पोष्ट डटकम मा मिति २९, मंसिर २०७५ मा प्रकाशित समाचार ‘नेकपामा दरार : कर्णाली प्रदेशमा समानान्तर कमिटी गठनको तयारी’ मा मेरो नाम जोडी गलत, भ्रामक, चरित्रहत्या गर्ने खालको समाचार प्रकाशित भएकोमा घोर भत्र्सना सहित खण्डन गर्छु ।
एक इमानदार नेकपाको पार्टी सदस्यलाई बदनाम गर्ने चालबाजी हो । एक नेकपाको सदस्यको हैसियतले र पुरानो कार्यकर्ता र पूर्व नेकपा माओवादी केन्द्रको केन्द्रीय सल्लाहकार भएको नताले हालै मात्र कर्णाली पदेश कमिटी गठन गर्दा मसँग जोडिएका कार्यकर्ताहरुले मलाई किन नेकपाले किन ल्याएन भन्ने प्रश्न बेग्लै होला र कार्यकर्ताहरुको चाहना हुनसक्छ ।
तर म पुरानो कम्युनिष्ट प्रति विश्वास गर्ने, बिचार र सिद्धान्तलाई आत्मसात गर्दै नेकपामा लागेको हुँ । जो नेकपा चौथो महाधिवेशनदेखिको पार्टी सदस्यलाई जुन ढंगले नेकपा (पूर्व माओवादी केन्द्र) भित्रका केही साथीहरुको असन्तुष्टिले मलाई नै बदनाम गर्ने नियत हो । गलत र भ्रामक समाचारहरु प्रकाशित भएकोमा घोर आपत्ति सहित खण्डन गर्छु ।
जुम्ला, (नेकपा सदस्य)
२०७५ साल पुस २ गते।