काभ्रेमा नक्‍कली नोटको बिगबिगी

काभ्रेमा नक्‍कली नोटको बिगबिगी

बनेपा : काभ्रे जिल्लामा पछिल्लो समय नेपाली र विदेशी नक्‍कली नोटको बिगबिगी बढ्दै गएको छ। बैंक श्रोतका अनुसार पहिल्लो समय हजार र पाँच सयका नक्‍कली नोटहरु बजारमा भेटिन थालेको हो।

बैंक तथा सहकारीमा पैंसा डिपोजीट गर्न आउने अधिकांश पेट्रोल पम्प व्यापारी, जग्गा कारोबार गर्ने व्यापारी र ग्रामीण भेगबाट पैंसा जम्मा गर्न आउने बचतकर्ताको साथबाट नम्कली नोट फेला पर्ने गरेको सहकारी तथा बैंक बताउँदै आएका छन्।

तर अधिकांश बैकमा नक्‍कली नोट आएपनि बैंकले ग्राहक भड्कने र आफूलाई समस्या पर्ने भन्दै घटनालाई गुपचुप राख्ने र आफ्नै खल्तीको पैसा हाल्दै आएका छन्। फेला पर्ने अधिकांश नक्‍कली नोट व्याण्डलको बीचमा भेटिने गरेको छ। जुन सजिलै मानिस भुकिन्छन् भनेर सक्‍कली  नोटको बीचमा राखेर तस्करले कारोबार गर्ने गरेका छन्।

रातको समयमा पसलमा, पेट्रोल पम्पमा तेल हाल्ने बाहानामा आफूलाई झुकाएर नक्‍कली नोट भिडाउने गरेको एक पनौती पेट्रोल पम्पका एक व्यवसायी बताउँछन्। 'साँझको समय भीडभाड भएको मौका छोपेर झुकाएर नम्कली पैंसा दिने गरेका छन्।' उनले थपे, 'पछि बैंकमा गएपछि मात्र थाहा हुन्छ नक्‍कली नोट भनेर।'

भेटिएको नक्‍कली नोटहरु खस्रो र र फिक्‍का रङ उडेको जस्तो, सेक्युरिटी थ्रेड बाहिरबाट टासेको, सेतो भागमा वाटर प्रिन्ट नभएको, अधिकांशमा एउटै नम्बर भएको पाइएको छ। 

नक्‍कली नोटको सेतो भागमा हुने लालीगुराँसको फोटो र नेपाल राष्ट्र बैंक लेखिएको बीचको धर्सो हजारको नोटमा नहुने गरेको र भएपनि मधुरो र बाहिरैबाट टासिएको हुन्छ।

धुलिखेल राष्ट्रिय बाणिज्य बैंकका शाखा प्रवन्धक विनोद सापकोटाले साना बचतकर्ता भन्दा पनि धेरै बचत गर्न आउने जग्गा व्यवसायी तथा धेरै रकम जम्मा गर्ने व्यवसायीले बचत गर्न ल्याउने रकममा नकक्ली राख्ने गरेको छ। उनले भने, 'हामीसँग पैसा गन्ने मेसिन त छ, तर सक्‍कली होकी नक्कली भन्ने छुटाउने मेसिन नहुँदा पचास साठी लाख ल्याए भने सबै प्रमाणीत गर्न नसक्ने अवस्थामा यस्ता समस्या आउने गरेको छ।'

बैक तथा सहकारीले फेला परेका नम्कली नोट प्वाल पर्नुका साथै मार्करले क्रस चिन्ह लगाएर बरामद वा फिर्ता गर्ने गरेका छन्। जिल्लाका अधिकांश बैंक तथा सहकारीले नक्कली नोटबाट धेरै समस्या ब्यहोर्दै आएका छन्। तर पनि घटना र नोटबारे गुपचुप हुने गरेका छन्। जसले गर्दा नक्कली नोटको कारोबार गर्ने गिरोहलाई थप प्रोत्साहन भइरहेको जानकारहरु बताउछन्।

सक्कलीजस्तै देखिने जाली नोटबाट बैंकका कर्मचारी र लेखापालसमेत झुक्किँदा आफ्नो खल्तीबाट कयौं पटक पैसा हाल्नु परेको बैंक तथा सहकारीका क्यासियर बताउँछन्। नक्कली नोट अनुभवी क्यासियर वा अत्याधुनिक मेसिनले मात्र सजिलै पहिचान गर्न सक्छ।तर जिल्लाका अधिकांश बैंक तथा सहरकारीमा अत्याधुनिक चेक गर्ने मेसिन नभएकाले यस्ता समस्या झेल्दै आएका हुन्।

जिल्लाभर नक्कली नोटको बिगबिगी बढेको बैंकले जनाइरहेको बेला प्रहरीले भने अनभिज्ञता प्रकट गर्दै आएको छ। तर नेपाली नोटभन्दा विदेशी डलर नक्कली कारोबार गर्ने तीन समूहलाई नियन्त्रणमा लिएर कारबाही गरेको जिल्ला प्रहरी कार्यालयका एसपी रविराज खड्का बताउँछन्।'नेपाली नक्कली नाटको कुनै त्यस्तो उजुरी र घटना घटेका त छैनन् तर डरल साट्ने र सस्तोमा दिने भन्दै झुकाएर नक्कली डलरको कारोबार गर्ने तीनजनलाई प्रक्राउ गरेर कारबाही गरेका छौं।'

बैंकमा नियमितजसो नक्कली नोट फेला परेपनि जिल्ला प्रहरी अपराध अनुसन्धान शाखाको रेकर्डअनुसार २०७० साल यता त्यस्तो नेपाली नक्कली नोटभन्दा पनि विदेशी र डलर नक्कली नोट फेला परेको बताउँछन् 

बैंकका कर्मचारीले जाली नोट फेला परेको प्रहरीलाई सूचना दिंदा ग्राहक भड्किने र कर्मचारीले समेत बयान, दसीप्रमाण जस्ता कानुनी झण्झट बेहोर्नु पर्ने हुँदा बैंकले सूचना गुपचुप राख्दै आएका छन्।

मुलुकी ऐन अनुसार जाली नोटका कसुरदारमाथि विगो बमोजिम छ महिनादेखि दश वर्षसम्म कैद र ६० हजार देखि पाँच लाखसम्मको वा दुवैको व्यवस्था रहेको छ । जिल्लामा गएको तीन चरणको निर्वाचन पछि नम्कली नोट बढी मात्रामा भेटिन थालेको हुन्।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.