प्राध्यापक संघमा प्रगतिशील समूह पहिलोपटक विजयी

प्राध्यापक संघमा प्रगतिशील समूह पहिलोपटक विजयी

राजविराज : त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, महेन्द्र विन्देश्वरी बहुमुखी क्याम्पस राजविराज इकाईको निर्वाचनमा पहिलोपटक अध्यक्षसहित बहुमत पदमा प्रगतिशील समूह विजयी भएको छ। 

राजविराज क्याम्पसमा आइतबार सम्पन्न प्राध्यापक संघ इकाई समितिको अध्यक्षमा उमेशकुमार यादव निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ। यादवले प्रजातान्त्रिक समूहका शिवनारायण यादवलाई पराजित गरेका हुन्।

संघको उपाध्यक्षमा प्रजातान्त्रिक समूहका सुरेशकुमार साह र सचिवमा उमेशप्रसाद यादव विजयी भएका छन् भने सहसचिवमा प्रगतिशीलका मानसकुमार अधिकारी र कोषाध्यक्षमा बुलबुल चौधरी निर्विरोध निर्वाचित भएका छन्।

निर्वाचन समितिका सदस्य सुरेन्द्र गुप्ताका अनुसार सदस्यमा राजिवकुमार मिश्र, सुमनप्रसाद सिंह, महानन्द झा तथा पदाधिकारी पदमा पराजित हुनेहरु शिवनारायण यादव, शिवेन्द्रबहादुर सिंह र रामाशिष यादव रहेका छन्।

क्याम्पसका ७५ जना प्राध्यापकले एकल संक्रमणीय निर्वाचनका आधारमा ११ सदस्यीय इकाई समितिको चयन गरेपछि निर्वाचित सदस्यले आइतबार मतदान गरी पदाधिकारीको चयन गरेका हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.