नेकपा स्थायी समिति बैठक धुम्बाराहीमा जारी
काठमाडौं : सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा जारी छ ।
साेमबारकाे बैठक पनि दिउसाे ११ बजेपछि सुरु भएकाे हाे । बैठकमा पार्टीका दुबै अध्यक्षले पेश गर्ने राजनीतिक प्रतिवेदनमाथि छलफल हुने बताइएको छ ।
पार्टी कार्यालयमा बैठक अहिले चलिरहेको छ । बैठकमा नेता वामदेव गौतमले आफ्नो अलग प्रतिवेदनलाई साझा दस्तावेज बनाउन पहल गरे पनि त्यसमा उनी असफल भएको बुझिएको छ ।