गाउँको विकासमा आएको बजेट डोजरमै 'स्वाहा' !

गाउँको विकासमा आएको बजेट डोजरमै 'स्वाहा' !

डोटी : केआइसिंह गाउँपालिकाले ४१ लाख रुपैयाँमा जेसिवी कम्पनीको नयाँ व्याकहोल लोडर (चक्कावाला डोजर) किन्यो । गाउँगाउँ र बस्तीबस्तीमा सडक पुर्‍याउने भन्दै गाउँपालिकाले डोजर किनेको हो । 

यस्तै सायल गाउँपालिकाले एक करोड २९ लाखमा लुसान कम्पनीको डोजर किन्यो ।त्यस गाउँपालिकाले सडक बनाउन डोजर प्रयोग गरी डाँडा भत्काउन थालेको छ । बडीकेदार गाउँपालिकाले पनि एक करोड २३ लाखमा लुसान कम्पनीकै डोजर किनेको छ ।त्यस गाउँपालिकाले पाँचै वडामा सडक पुर्‍याउने योजना बनाएको छ । 

दीपायल सिलगढी नगरपालिकाले यसअघि नै डोजर किनिसकेको छ । नगरपालिकाले नगर क्षेत्रमा सडक निर्माण गर्नाका साथै डोजर भाडामा समेत दिने गरेको छ । स्थानीय तहले मात्रै होइन जिल्लामा विभिन्न निर्माण व्यवसायीले सडक निर्माण गर्न डाँडा भत्काउन थालेका छन् । व्यवसायीबीच निजी र भाडामा मेसिन भित्र्याउने होडबाजी चलेको छ । 

उपभोक्ता समितिले डोजरको प्रतिघण्टा छ हजार ५०० देखि नौ हजारसम्म तथा चक्कावाला डोजरको प्रतिघण्टा दुई हजार ५०० देखि चार हजार भाडा तिर्दै सडक निर्माण गर्ने गरेका छन् । 

जिल्लामा कम्तीमा ४२ डोजर सडक निर्माण गर्न प्रयोग गरिँदै आएको बोगटान गाउँपालिका सिमिचौरका तेजबहादुर विष्टले बताए । 'सडक काट्ने नाममा गाउँगाउँमा डोजर भित्रिएका छन्, डाँडाकाँडा सखाप हुने भए', उनले भने ।

एउटै सडकमा एक करोडभन्दा बढी खर्च भइरहेको छ । वातावरणीय प्रभाव मूल्याङ्कन गरिएको पाइँदैन । प्रमुख जिल्ला अधिकारी यादव सुवेदी नाप नक्साबिना काटिएका सडकले दुर्घटना निम्त्याउने बताउँछन् । 

'सडक निर्माण गर्दा इञ्जिनीयरको सल्लाह लिनुपर्छ,' उनले भने । विकास निर्माण गर्दा वातावरणीय प्रभाव मूल्याङ्कन अनिवार्य गर्नुपर्ने उनेले बताए । सेक्टर वन कार्यालयका सहायक वन अधिकृत शुरेशचन्द्र डिसीले खुटिया-बिपीनगर सडकबाहेक अन्य सडक योजनाको वातावरणीय प्रभाव मूल्याङ्कन नभएको बताए । 

'वातावरणीय प्रभाव मूल्याङ्कन गर्नुपर्छ । राजनीतिक दलका नेता र जनप्रतिनिधिले त्यो कुरा मान्नु हुन्न', उनी भन्छन । केआइसिंह गाउँपालिकाका अध्यक्ष लोकेन्द्रबहादुर शाही भन्छन्, 'केही प्रक्रिया नपुगेको होला । तर हामी जनप्रतिनिधिलाई जनताको दबाब पनि खपिनसक्नु छ, त्यसैले सडक काटिरहेका छौँ ।' 

खटिया-दिपायललाई राष्ट्रिय राजमार्ग बनाउन माग 

सुदूरपश्चिमको खुटिया—दिपायल हुँदै बझाङ्ङको मानसरोवर जोड्ने सडकलाई राष्ट्रिय राजमार्ग बनाउने प्रयास थालिएको छ । 

डोटीबाट निर्वाचित सांसद प्रेमबहादुर आलेमगरसहितको टोलीलेले भौतिक योजना तथा निर्माणमन्त्री रघुवीर महासेठलाई उक्त सडकलाई राष्ट्रिय राजमार्ग बनाउनका लागि मन्त्रिपरिषद्को बैठकमा पेश गर्न आग्रह गरेका हुन् । 

उक्त सडक राष्ट्रिय राजमार्ग बनाउन मन्त्री परिषद्को बैठकमा पेश गर्ने मन्त्री महासेठले प्रतिबद्धता जनाएका सांसद आलेमगरले जानकारी दिए । सांसद आलेमगरले उक्त सडकलाई जसरी पनि मानसरोवरसम्म जोड्ने बताए । 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.