बसको ठक्करबाट दुईको मृत्यु
राँझा : बाँकेको बैजनाथ गाउँपालिका-५ जिउगाउँस्थित पूर्व-पश्चिम राजमार्गमा विद्यालयको बस र मोटरसाइकल ठोक्किँदा दुई जनाको मुत्यु भएको छ। मृत्यु हुनेमा सुर्खेतको लेकबेंसी नगरपालिका-१ का विक्रम गहतराज र सुर्खेतकै गुर्भाकोट नगरपालिका- १२ का मदन सुनार रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रवक्ता प्रहरी निरीक्षक मानबहादुर विसीले जानकारी दिए।
सम्झनाचोकतर्फ जाँदै गरेको बालज्योति विद्यालयको बा१क ४४९५ नंको बस र बाँसगढीबाट कोहलपुरतर्फ आउँदै गरेको लु४३प ९५९९ नंको मोटरसाइकल ठोक्किएका हुन्। दुवैजनाको उपचारका लागि शिक्षण अस्पताल कोहलपुर लैजाँदै गर्दा मृत्यु भएको हो। रासस