नेकपा बैठक सम्पन्न, नेता गजुरेलले लिखित सुझाव नै पेश गरे
काठमाडौं : धुम्बाराहीमा आज बसेको नेकपा स्थायी समितिको बैठक सम्पन्न भएको छ ।
बैठकमा नेता वामदेव गौतम, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली, हरिवोल गजुरेल, अग्नी सापकोटा, शक्ति बस्नेत लगायत १० जना नेताहरुले बोलेका थिए ।
हरिवोल गजुरेलले भने लिखित ‘डकुमेन्ट’सहित सुझाव पेश गरेका थिए । बैठक भोलि बिहान ८ बजे बस्ने गरी सम्पन्न भएको हो ।