राहदानी विभागको लापरवाही : हिटरको ‘ओभर पावर’ले बत्ती गयो, सेवाग्राही ७ घण्टादेखि लाइनमै
काठमाडौं : केशरमहलस्थित राहदानी विभागको कार्यालयमा राहदानी बनाउन, सच्याउन र नवीकरण लगायत काम लिएर आएका सयौं सेवाग्राहीहरु कर्मचारीहरुले ‘बत्ती गयो’ भन्दै मौखिक जवाफ दिएकै भरमा घण्टौंसम्म लाइनमै बस्न बाध्य छन् ।
बिहान ५ बजेभन्दा अघिदेखि पालो पर्खेर बसेका सेवाग्राही अर्को विकल्प नभएपछि भोकै उभिन बाध्य भएका हुन् । बत्ती नहुँदा कार्यालयले जेनेरेटर समेत नचलाएको भन्दै सेवाग्राही आक्रोशित बनेका छन् ।
कोठैपिच्छे १० वटा हिटर
नाम नखुलाउने शर्तमा तिनले भने, ‘कर्मचारीहरु २४ सै घण्टा हिटर बालेर बसिरहन्छन् । पावरले नथामेर बत्ति गएको हो ।’ सेवाग्राहीहरु भने ‘बत्ती कतिबेला आउँछ ?’ भन्दै चिन्ता र आक्रोश व्यक्त गरिरहेका छन् ।