सेवा सुधार गर्न टेलिकमलाई निर्देशन

सेवा सुधार गर्न टेलिकमलाई निर्देशन

टेलिकमको सेवा बारम्बार अवरुद्ध भएपछि प्राधिकरणले तीन बुँदे निर्देशनसहितको पत्र पठाएर सेवा सुधार गर्न भनेको छ।


काठमाडौं : नेपाल टेलिकमको मोबाइल सेवा तत्काल सुधार गर्न नेपाल दूरसञ्चार प्राधिकरणले निर्देशन दिएको छ। टेलिकमको सेवा बारम्बार अवरुद्ध भएपछि प्राधिकरणले तीन बुँदे निर्देशनसहितको पत्र पठाएर सेवा सुधार गर्न भनेको हो।

‘किन समय–समयमा सेवा अवरुद्ध भइरहेको हो भनी कारणसहित स्पष्टीकरण पेस गर्ने हामीले पत्र काटेका छौं’, प्राधिकरणका निर्देशक विजयकुमार रोयले भने, ‘मोबाइल सेवामा यस प्रकारको समस्या पुनः दोहोरिन नदिन मोबाइल सिस्टमको हेल्थ चेकअप (नेटवर्क हाइजिन एन्ड कम्प्लाइन्स) गर्न र सुधार तत्काल गर्न निर्देशन दिइएको हो।’

पत्रमा सेवामा आएको अवरोधका कारणसहित स्पष्टीकरण पेस गर्न, मोबाइल सिस्टको निरन्तर हेल्थ चेक अप गर्न र सुधार गर्न समिति गठन गर्ने गरी छानबिन गर्नुपर्ने उल्लेख छ। उक्त पत्रको अहिलेसम्म टेलिकमले भने जवाफ पठाएको छैन। टेलिकमले भने यो विषयमा जानकारी नै नभएको जनाएको छ।

टेलिकमको पछिल्लो दुई महिनाभित्र मात्रै तीनपटक सेवामा अवरुद्ध आएको छ। यसरी कम्पनीका महत्वपूर्ण सेवा अवरुद्ध हुने घटनाको प्रवृत्ति दोहोरिरहँदा टेलिकमप्रति ग्राहकको विश्वसमा समेत असरपर्ने भन्दै टेलिकमका कर्मचारीको संगठन नेपाल दूरसञ्चार कर्मचारी संघले पनि ध्यानाकर्षण गराउने काम गरेको थियो।

एक महिनामा तीनपटक सेवा अवरुद्ध हुँदा यसले कम्पनीको व्यावसायिकता, राजस्व एवं ग्राहक आधारमा प्रतिकूल असरपारेको भन्दै संघले त्यसलाई सुधार्नुपर्ने मागसहित कार्यबाहक प्रबन्ध निर्देशक सूर्यभक्त पोखरेललाई ध्यानाकर्षण पत्र बुझाएको थियो । संघको ध्यानाकर्षणसँगै टेलिकमले सञ्चालक समिति सदस्य विष्णु कसजूको संयोजकत्वमा छानबिन समिति गठन गरेको थियो।

समितिमा टेलिकमका दुई पूर्व कर्मचारी सदस्य छन्। समितिले अहिले छानबिन गरी रहेको जनाएको छ। अर्कोतर्फ प्राधिकारणले पनि समिति गठन गरी त्यसको प्रतिवेदन पेस गर्न निर्देशन दिएको छ। प्राधिकरणले मोबाइल सेवामा यसरी पटकपटक समस्या नदोहोेरियोस् भनेर मोबाइल प्रणालीको परीक्षण गर्नुपर्ने जनाएको छ। टेलिकमको जहिले पनि लिंकमा समस्या आएको छ। एउटा बिग्रिदा प्रयोगका लागि निर्माण गरिएको ब्याकअपमा पनि समस्या आएपछि भदौ १९ गते झन्डै दुई घण्टा सेवा अवरुद्ध भयो।

‘मोबाइल सेवा विस्तार गर्न बनाइएको लिंकमा समस्या आएमा त्यसको ब्याकअप पनि आवश्यक हुन्छ’, निर्देशक रोय भन्छन्, ‘त्यसैका आधारमा हामीले सबैलाई ब्याकअप राख्नुपर्ने बनाएका छौं।’ यदि एउटा लिंकमा समस्या आए अर्कोमा स्वतः सेवा सिफ्ट गर्नुपर्ने हुन्छ। तर टेलिकमले एकबाट अर्कोमा सिफ्ट हुँदा लोड लिएन अथवा भएन भन्दै आएको छ। सुधारका कामलाई तत्कालै अघि बढाउनसमेत प्राधिकरणले निर्देशन दिएको छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.