कांग्रेस विधानमा सहमति जुट्यो : कसरी मिल्यो कुरा ?

कांग्रेस विधानमा सहमति जुट्यो : कसरी मिल्यो कुरा ?

काठमाडौं : लामो बहस र विवादपछि नेपाली कांग्रेसको विधानमा सहमति जुटेको छ। 

महासमिति बैठकमा विधान प्रस्तुत नभएको भन्दै विवाद चर्किएपछि  विधानमा सहमति गर्न संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार साँझ बसेको बैठकले सहमति जुटाएको हो। 

उपसभापति बिमलेन्द्र निधी, महामन्त्री पूर्णबहादुर खड्का, अर्जुन नरसिंह केसी, मिनेन्द्र रिजाल र रमेश लेखक सहभागी बैठकले विधानमा सहमति गरेको हो। 

सहमति अनुसार एक सभापति, दुई उपसभापति, दुई महामन्त्री दुई, सहमहामन्त्री निर्वाचित हुनेछन् भने एक कोषध्यक्ष एक प्रवक्ता मनोनित हुने नेता निधीले अन्नपूर्णलाई जानकारी दिए।

विधानमा विवाद हुँदा कांग्रेस महासमिति बैठक शुक्रबारसम्म लम्बिएको छ। बुधबारको बैठक मात्र सिंहदरबार अगाडिको यलम्बर पार्टी प्यालेसमा हुनेछ । बिहीबार र शुक्रबारको बैठक भने पार्टी कार्यालय सानेपामा हुने प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। 

मंगलबार साँझ नियमित पत्रकार सम्मेलनमा बोल्दै प्रवक्ता शर्माले बैठक लम्बिएको जानकारी दिएका हुन्। ‘बैठकमा बुधबार विधान मस्यौदा पेश हुन्छ’, प्रवक्ता शर्माले भने, ‘आन्तरिक छलफल अन्तिम चरणमा पुगेको छ। विधान छापिन समय लाग्ने भएकाले बैठक लम्बिएको हो।’ 

बैठकमा बोल्ने अधिकांश नेताले पार्टी सभापतिसहित शीर्ष नेताको तिब्र आलोचना गरेका छन्। उनीहरुले पार्टीमा सुधार आवश्यक भएपनि त्यसको महसुस शीर्ष नेतृत्वले गर्न नसकेकोप्रति आपत्ति जनाएका हुन्। 

बैठकमा सभापति शेरबहादुर देउवाको राजीनामा माग भएको छ। उदयपुरका महासमिति सदस्य रामबहादुर खड्काले सभापति देउवाको राजनीनामा माग गरेका हुन्। 

मंगलबार बिहानको बैठकमा पार्टीका शीर्ष नेताले विधानमा सहमति नगरे पार्टीलाई विशेष महाधिवेशनमा लानसमेत माग गरे। बैठकमा माइक खोसाखोस हुँदा मंगलबारको बैठक केही घण्टाका लागि अवरुद्ध भएको थियो।

 


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.