काठमाडौंमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग संझौता
काठमाडौं : काठमाडौंमा मोनोरेल सञ्चालनका लागि चिनियाँ कम्पनीसँग संझौता भएको छ।बुधबार चिनको चाइना रेल वे २५ औँ ब्यूरो ग्रुप कम्पनी(सीआरसीसी) र काठमाडौ महानगरपालिकाबीच चक्रपथमा मोनोरेल सञ्चालनको विस्तृत परियोजना (डीपीआर)का लागि संझौता भएको हो।
संझौतामा चिनियाँ कम्पनीका तर्फबाट बिजनेस म्यानेजमेन्ट प्रमुख झ्यु ग्वाङ्बिङ र काठमाडौंका मेयर विद्यासुन्दर शाक्यबीच हस्ताक्षर भएको छ। डीपीआरसहित मानोरेल निर्माण गर्न ५ वर्ष समय लाग्ने र निर्माणको लागत करिब १ खर्ब १६ अर्ब रुपैयाँ अनुमान गरिएको छ।
मोनोरेल निर्माणका लागि महानगरपालिकाले मात्र लगानी गर्न नसक्ने भएकाले प्रदेश ३ को सरकारसँग समन्वय गर्ने मेयर शाक्यले बताए।उनले भने,' मोनोरेल निर्माणका लागि ठूलो बजेट आवश्यक पर्ने हुँदा प्रदेश सरकारसँग समन्वय गरेर मात्र यो कामको सुरुवात हुनेछ।'