कालिकोटमा २ सय ४४ एनजीओ खारेज गरिँदै

कालिकोटमा २ सय ४४ एनजीओ खारेज गरिँदै

कालिकोट : कालिकोट जिल्लामा कार्यरत २ सय ४४ वटा गैरसरकारी संस्थाहरु खारेजीको सूचीमा परेका छन् ।

दर्ता भएर पनि वर्षौँसम्म नविकरण नगरेका गैरसरकारी संस्थाहरु खारेजीको लागि प्रशासनले सूचीकृत गरेको हो । सामाजिक सेवा र विकास गर्ने उद्देश्यका साथ दर्ता भएका ५ सय ४३ ओटा संस्थामध्ये नवीकरणका लागि बारम्बार ताकेता गर्दा पनि तोकिएको समयमा नविकरण नगरेका २ सय ४४ संस्था खारेजीको सूचीमा परेको प्रमूख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले जानकारी दिए ।

प्रशासनले तीन वर्षअघि नै संस्थाहरुलाई नविकरण गर्न ३५ दिने सूचना जारी गरेको थियो । त्यस अवधिमा पनि नविकरण नगर्ने गैससहरु खारेज हुने भएका हुन् । यसरी नविकरण नगरेर खारेजीमा पर्ने अधिकांश संस्थाहरु वर्षौँँदेखि जिल्लामा कार्यरत प्रतिष्ठित व्यक्तिबाटै सञ्चालित छन् ।

जिल्लामा दर्ता भएका ५ सय ४३ गैरसरकारी संस्था मध्ये हालसम्म १ सय ६९ वटाले मात्र नविकरण गर्दै आएको जिल्ला प्रशासनले जनाएको छ । गत आर्थिक वर्षदेखि हालसम्म नयाँ दर्ता भएका १ सय ३० गैरसरकारी संस्थाहरुको बारेमा अद्यावधि गर्न बाँकी नै छ ।

प्रमुख जिल्ला अधिकारी कार्कीका अनुसार बारम्बार नविकरणमा ताकेता गर्दा पनि अधिकांश गैरसरकारी संस्थाका संचालक सम्पर्कमा आएका छैनन् । लगातार तीन वर्ष भन्दा बढी समय नविकरण गर्न नआएका २ सय ४४ संस्थालाई खारेज गरिन उनले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.