उपमेयरको घर फोड्ने तीन पक्राउ, तीन अझैं फरार

उपमेयरको घर फोड्ने तीन पक्राउ, तीन अझैं फरार

भक्तपुर: भक्तपुरको सूर्यविनायक नगरपालिका- ८ सिपाडोलस्थित भक्तपुर नगरपालिकाकी उपमेयर रजनी जोशीको घर फोडेर चोरी गर्ने समूहका तीनजनालाई प्रहरीले बुधबार सार्वजनिक गरेको छ।६ जनाको समूहले गएको मंसिर ५ गते दिन दहाडै घरमा कोही नभएको मौका छोपी घर फोडेर सुनचाँदी तथा महत्वपूर्ण कागजात भएको सेफसमेत चोरेर लगेको थियो।

उक्त चोरी भएको ठीक एकमहिनापछि बुधबार महानगरीय प्रहरी परिसर भक्तपुरले तीनजनालाई सार्वजनिक गरेको हो। प्रहरीले काभ्रेको तिमाल गाउँपालिका ३ सरमथली स्थायी घरभई हाल काठमाडौंको अत्तरखेल मेडिकल कलेज नजिक बस्ने २९ वर्षीय विवेक भन्ने वाङदेन तामाङ, काभ्रेकै भुम्लु गाउँपालिका ३ घर भई अत्तरखेल बस्ने २२ वर्षीय विकाश भन्ने सुमन लामा र मोरङको केराबारी गाउँपालिका २ स्थायी घर भई हाल काठामाडौं चाबहिल बस्ने २३ वर्षीय सन्तोष बिकलाई सार्वजनिक गरेको छ।

त्यस्तै उनीहरुसँगै चोरी गरिएको सुन तथा चाँदी गालेर बिक्री वितरण गर्ने भारतको महाराष्ट्र प्रदेशको साङली थाना जिल्लाको तासगाउँ ग्राम पानमलेबाडी घर भई हाल काठमाडौंको चावहिलमा बस्ने २७ वर्षीय सचिन भन्ने वैभव बापुसो भोसलेलाई पनि सार्वजनिक गरिएको छ।

महानगरीय प्रहरी परिसरका अनुसार भोसलेले चोरीका सुनचाँदी गालेर गहना बेच्ने सुन पसल नै सञ्चालन गर्दै आएका थिए तर बीचमा उक्त पसलसमेत बेचेको अनुसन्धानमा देखिएको परिसरका प्रमुख प्रहरी उपरीक्षक हिमालयकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार उपमेयर जोशीको घर फोडेर चोरी गर्ने अन्य तीनजना फरार छन्। उनीहरुको पहिचान भइसकेको र खोजतलास जारी रहेको उनले सुनाए।

प्रहरी उपरीक्षक श्रेष्ठले उक्त समूहले भक्तपुरकै अन्य नौ ठाउँमा चोरी गरेको बयानका क्रममा बताएको जानकारी दिए।'यो समूहमा संलग्नहरु पटके चोरहरु हुन्', उनले भने, 'उनीहरुको बारेमा विस्तृत अनुसन्धान गर्दैछौं।'

उनका अनुसार प्रहरीले उक्त समूहबाट करिब साढे १६ तोला सुनका गरगहना तथा गालेका सुनका टुक्राहरु बरामद गरेको छ। त्यस्तै उपमेयर जोशीको घरबाट चोरी गरिएको एकथान सुनको सिक्का, रजनी जोशीको नामको गहना तथा सहकारीका रसिदहरुसमेत उक्त समूहबाट बरामद भएको प्रहरी उपरीक्षक श्रेष्ठले बताए।

त्यस्तै उपमेयर जोशीको घरबाट चोरिएको सेफलगायतका सामग्री पोको पार्न प्रयोग गरिएको तन्नाका टुक्राहरु फेला परेको अनुसन्धान अधिकृत महानगरीय वृत्त जगातीका प्रमुख प्रहरी नायब उपरीक्षक शिशु शर्माले जानकारी दिए।

उनका अनुसार उक्त समूहको साथबाट ४२ तोला गालेका चाँदीका टुक्राहरु, नगद उन्नाइस लाख अन्ठाउन्न हजार सात सय पचास नेपाली रुपैयाँ र पच्चीस हजार पाँच सय भारतीय रुपैयाँ बरामद गरिएको छ।

प्रहरीले उक्त समूहले चोरी गर्न प्रयोग गर्ने तीनथान मोटरसाइकल, पाँच थान मोबाइल सेट, फलाम काट्ने मेसिन एउटा र त्यसमा प्रयोग हुने चार थान कटर ब्लेड, चोरी कार्यमा प्रयोग हुने अन्य दुई थान औजार, गणेशको मूर्ति र शंखसमेत बरामद गरेको छ।

हिम इलेक्ट्रोनिक्सको स्टोरमा चोरी गर्ने अर्को समूह पक्राउ

भक्तपुर प्रहरीले भक्तपुरको मध्यपुर थिमी नगरपालिका ५ स्थित हिम इलेक्ट्रोनिक्सको स्टोरमा चोरी गर्ने सातजनाको अर्को समूहलाई पनि बुधबार नै सार्वजनिक गरेको छ।

उक्त समूहले पुस २ गते स्टोरबाट १४ थान सामसङ एलईडी टीभी चोरी गरेको थियो। चोरी भएको भोलिपल्ट काठमाडौंको थापागाउँबाट समूहका सबै व्यक्तिहरुलाई पक्राउ गर्न सफल भएको भक्तपुर प्रहरीका प्रमुख प्रहरी उपरीक्षक श्रेष्ठले जानकारी दिए।

उनका अनुसार प्रहरीले रामेछाप मन्थली नपा ४ घर भई हाल बानेश्वर थापागाँउ बस्ने ३६ वर्षीय राजु काफ्ले, रामेछापकै लिखु तामाकोशी गाउँपालिका १ घर भई हाल भक्तपुरको कटुञ्जे बस्ने २७ वर्षीय दिनेश पौडेल र दोलखाको तामाकोसी ६ घर भई हाल काठमाडौं काँडाघारी बस्ने २१ वर्षीय शिव फुयाललाई पक्राउ गरी सार्वजनिक गरेको हो।

त्यस्तै रामेछापकै लिखु तामाकोसी २ घर भई हाल काठमाडौं अनामनगर बस्ने २५ वर्षीय नारायण दाहाल, भक्तपुर नपा ४ बस्ने २० वर्षीय सुजन जाकिबञ्जार, भक्तपुरकै चाँगुनारायण नपा ५ छालिङ बस्ने २७ वर्षीय निरञ्जन लागेजू र चाँगुनारायण नपा ४ बस्ने ४० वर्षीय सुवास थापामगरलाई सार्वजनिक गरिएको छ।

प्रहरीका अनुसार थापामगर हिम इलेक्ट्रोनिक्सका सुरक्षा गार्ड हुन्। उनैको सहयोगमा समूहले स्टोरबाट चोरी गर्न सफल भएको प्रहरीले जनाएको छ।प्रहरीले उक्त समूहको साथबाट सामसङ एलईडी टीभी ५५ इन्चको ३ थान, ४९ इन्चको १ थान, ४३ इन्चको र ३२ इन्चको ५÷५ थान बरामद गरेको छ।दुवै घटनाबारे थप अनुसन्धान जारी रहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.