चालक अनुमतिपत्र वितरण सुर्खेतबाटै

चालक अनुमतिपत्र वितरण सुर्खेतबाटै

सुर्खेतः सवारी साधनको चालक अनुमतिपत्र लिनका लागि प्रदेश पाँचको नेपालगञ्‍ज अथवा जुम्ला जानुपर्ने बाध्यता टरेको छ । अबदेखि कर्णाली प्रदेशको राजधानी सुर्खेतबाटै सवारी चालक अनुमतिपत्र वितरण हुने भएको हो। 

यातायात व्यवस्था कार्यालय सुर्खेतले आगामी दिनमा चालक अनुमतिपत्र वितरण गर्ने जनाएको छ। यस्तै, यातायात व्यवस्था कार्यालय सुर्खेतबाट सवारी चालक अनुमतिपत्रको नविकरण सेवा भने बिहीबारदेखि नै सुरू भएको छ।

कर्णाली प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले प्रदेश अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. डम्मर खड्काको अनुमति पत्र नविकरण गरेर सेवा उद्घाटन गरेका छन्।  

यातायातका सवारी साधनको राजश्व संचालन गर्दै आएको कार्यालयले अबदेखि सवारी चालक अनुमतिपत्र वितरण र नविकरण गर्ने जनाएको छ। कार्यालयका निमित्त प्रमुख धनश्याम बोगटीका अनुसार कार्यालयबाट अबदेखि सवारी साधन दर्ता, चालक अनुमति पत्र वितरण, नविकरण, परीक्षा सञ्चालन समेत गर्नेछ। नविकरण सेवा सुरू भएपनि अन्य कामका लागि भने केही समय लाग्ने कार्यालयका निमित्त प्रमुख बोगटीले जानकारी दिए।

जनशक्ति पूर्ति, विद्युतीय तथा सञ्चार प्रणालीको आवश्यक व्यवस्थापनपछि कार्यालयबाट सबै सेवा प्रदान गरिने छ।नविकरण सेवा उद्घाटनपछि बोल्दै आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वालाले यातायात व्यवस्था कार्यालयबाट प्रदान गरिने सबै सेवा प्रभावकारी बनाउन प्रदेश सरकार लागिपरेको जानकारी दिए। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.