नेफ्स्कुन पत्रकारिता पुरस्कारबाट अन्नपूर्णकर्मी सम्मानित
काठमाडौं : अन्नपूर्णकर्मी तुलसी सुवेदी नेफ्स्कुन पत्रकारिता पुरस्कारबाट सम्मानित भएका छन्। साकोस अभियानलाई पत्रकारिताको माध्यमबाट विकास र वृद्विमा सघाउ पुर्याएको भन्दै नेफ्स्कुनले सुवेदीलाई सम्मान गरेको हो।
नेफ्स्कुनको बिहीबार राजधानीमा सम्पन्न २७ औं साधारणसभाका अवसरमा सुवेदीलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले सम्मान पत्र प्रदान गरेकी हुन्।
सो अवसरमा संस्थापक अध्यक्ष पुरस्कारबाट मिना सिग्देल र यज्ञराज ढुंगेल, नेफ्स्कुन अग्रज व्यक्तित्व सम्मानबाट रिना आचार्य र खेमराज सापकोटालाई सम्मान गरिएको थियो। त्यस्तै नेफ्स्कुन विद्वता पुरस्कारबाट गोविन्दराज जोशी सम्मानित भएका छन्।
नेफ्स्कुनले उत्कृष्ट जिल्ला बचत संघको रुपमा जिल्ला बचत संघ सुनसरीलाई पुरस्कृत गरेको छ। देशभरीका उत्कृष्ट सहकारीबाट महिला जागरण साकोस् मकवानपुर र हाम्रो जनकल्याण साकोस् दोलखा सम्मानित भएका छन्।