स्थानीय तहले सहकारी वास्ता गरेनन् : मन्त्री अर्याल

स्थानीय तहले सहकारी वास्ता गरेनन् : मन्त्री अर्याल

काठमाडौं : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्माकुमारी अर्यालले स्थानीय तहले सहकारी वास्ता नगरेको बताएकी छन्।नेफ्स्कुनको बिहीबार राजधानीमा सम्पन्न २७ औं साधारणसभामा अर्यालले उक्त कुरा बताएकी हुन्।

स्थानीय तहलाई सहकारी हस्तान्तरण गरिए पनि अधिकांश तहमा अहिलेसम्म सहकारीको पोकोसमेत नखोलिएको बताइन्।'जसरी सहकारीको पोका हस्तान्तरण गरिएको थियो, केही ठाउँमा अहिले पनि पोका खोलिएका छैनन्,' उनले भनिन् । 

स्थानीय तहले छुट्टै सहकारी डेक्स स्थापना गरी सहकारी हेर्ने कर्मचारी खटाएर सहकारी अभियान अघि बढाउनुपर्ने उनको भनाइ थियो। स्थानीय तहले सहकारीलाई महत्व दिए मात्रै आर्थिक विकासमा दुर्तगतिमा अघि बढ्ने उनले बताइन्। 

सहकारीबाट गरिबी निवारण गर्न सकिने भन्दै मन्त्री अर्यालले सहकारीले उत्पादन क्षेत्रमा लगानी बढाउनुपर्ने बताइन्। किसानको नाफा बिचौलियाले खाइदिएको भन्दै बिचौलिया अन्त्य गर्न सहकारी बजार स्थापना गर्न लागिएको बताइन्। 

वित्तीय कारोबार गर्ने सहकारी धेरै भएपनि गुणस्तरीय सेवा दिन नसकेको उनको भनाइ थियो। 'सहकारीमा मर्ज अभियान चलाउनुपर्ने आवश्यकता छ, मर्जपश्चात सदस्यले थप गुणस्तर सेवा पाउन सक्छन्' उनले भनिन्। 

सहकारी नियमावली कानुन मन्त्रालयमा पुगको भन्दै मन्त्री अर्यालले उताबाट आउनासाथ मन्त्रिपरिषदबाट पारित हुने बताइन् । सहकारीमैत्री नियमावली र सहकारी ऐन संशोधन गर्न आफूले पूर्णरुपमा सघाउने उनको भनाइ थियो।

प्रादेशिक कानुन बन्ने क्रममा भएको भन्दै अर्यालले सबै प्रदेशले नमूना ऐनलाई टेकेर प्रादेशिक ऐन बनाउन सक्ने उनले बताइन्। नेकपाका सहकारी विभाग प्रमुख एवम् प्रदेश सांसद पशुपति चौलागाईले सहकारीलाई उत्पादनमा लगाउनुपर्ने बताए । 'मर्ज गरेर मात्रै सहकारीमार्फत गुणस्तरीय सेवा दिन सकिन्छ', उनले भने।  


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.