खुम्बु क्षेत्रमा दुई सिजनमा १७ पर्यटकको मृत्यु
ओखलढुंगाः सोलुखुम्बुको पर्यटकीय क्षेत्र खुम्बुमा दुई सिजनमा १७ पर्यटको मृत्यु भएको छ। यो सिजनमा जापानका ४ र अमेरिकाका २ जना पर्यटकको ज्यान गएको छ।
त्यस्तै मलेसिया, भारत, अष्ट्रिया, ताइवानका १-१ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका प्रमुख सालिग्राम शर्माले जानकारी दिए। त्यस्तै चिन, रुस, स्पेन, युक्रेन र कोरियाका पनि १-१ जना पर्यटकको ज्यान गएको छ। ज्यान गुमाउनेमा १६ जना पुरुष र एक महिला रहेका छन्।
अधिकांशको लेक लागेर समइमा उद्धार नहुँदा र केही पैदल यात्राका क्रममा लडेर ज्यान गएको हो । कतिपय हिमाल आरोहणका क्रममा चिप्लिएर खस्दा पनि मृत्यु भएको बताइएको छ।