पोलिक्लिनिकको लापरबाहीले सुत्केरीको ज्यान गयो, संचालक फरार

पोलिक्लिनिकको लापरबाहीले सुत्केरीको ज्यान गयो, संचालक फरार

सिरहा : सिरहाको लहानस्थित सञ्चालित ओम गुरुकुल हेल्थ केयरको लापरबाहीले एक सुत्केरीको ज्यान गएको छ। मिर्चैया नगरपालिका- ११ सितापुरकी २१ वर्षीया सुत्केरी सन्जु पासमानको शल्यक्रिया गर्दा मृत्यु भएको हो। बिहीबार रातिदेखि उनका आफन्त शव हेल्थ केयर अगाडी राखेर धर्नामा बसेका छन्।सुत्केरी पासमानको मृत्यु भएपछि सञ्चालक दिपेन्द्र यादव हेल्थ केयर बन्द गरेर फरार छन्।

मृत्यु भएकी सन्जु गोलबजार नगरपालिका- ६ माइतमै बस्थिन्। मृतक सन्जुकी आमा शिला पासमानकाअनुसार बुधबार दिउँसो घरमा व्याथाले च्यापेपछि छोरीलाई नजिकैको सरकारी अस्पताल पुर्‍याइयो ।अस्पतालले अन्त लैजान सुझाव दियो।त्यसपछि बुधबार दिउँसो उनलाई लहानका राउ स्मारक अस्पतालमा भर्ना गरायौं। ४ घटनापछि लहान अस्पतालले  बिरामी बढ्दै गएको भन्दै अन्त लैजान सुझाव दियो।'

‍'रेफर गर्नासाथ एक एम्बुलेन्सले लहानकै गुरुकुल अस्पतालममा लगिदियो,' मृत्यककी आमा शिलाले भनिन्,'सुरुमा शल्यक्रिया गर्नुपर्छ भन्यो, हामी तयार भयौं, शल्यक्रिया पनि भयो।'

उनका अनुसार केही समयपछि गुरुकुलका चिकित्सकले बिरामीलाई रगत चाहियो भनेर हामीलाई रगत लिन पठायो। 'हामी बाहिर जानासाथ बिरामीलाई एम्बुलेन्समा राखेर विराटनगर लग्नुपर्छ भन्यो', उनले भनिन्, 'जबरजस्ती एम्बुलेन्समा राखेर विराटनगर पुर्‍यायो। त्यहाँ पुग्दा अस्पतालले बिरामीको पहिल्यै नै मृत्यु भइसकेको जानकारी दियो।'

सरकारी अस्पताल लहानका मेडिकल अधिकृत डा. सरोज यादवका अनुसार बिरामीको अवस्था हेर्दा आइसीयुमा राख्नुपर्ने भएकाले हामीले धरान लान सुझाएका थियौं।लहानमा कुनै पनि निजी तथा सरकारी अस्पतालमा आइसीयुको सुविधा थिएन। बिरामीको विपी तलमाथि हुँदै थियो, उनले भने, 'जसका कारण केही खतरा हुनसक्थ्यो त्यसैले हामीले धरान रेफर गर्‍यौँ।' बिरामीका आफन्तले एम्बुलेन्सवालाको भनाइमा लागेर लहानकै गुरुकुल पुर्‍याएछन्।'बिरामीको मृत्युभएको सुन्दा आफू आश्चर्यमा परेको उनले सुनाए।

जिल्ला जनस्वास्थ्य कार्यालय सिरहाका शाखा अधिकृत उमेशलाल कर्णका अनुसार गुरुकुलले शल्यक्रिया गर्ने अनुमति पाएको छैन।  हेल्थ केयर दर्ता पनि खारेज भइसकेको छ। इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाका अनुसार हेल्थ केयरका सञ्चालक फरार रहेकाले खोजी भइरहेको छ। घटनाबारे अनुसन्धान भइरहेको उनले जानकारी गराए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.