सर्वोच्चको आदेशमा रिहा भए दिपक मनाङे
काठमाडौं : ज्यान मार्ने उद्योग मुद्दामा डिल्ली बजार जेलमा रहेका गुन्डा नाइके दीपक मनाङे भनिने राजीव गुरुङ रिहा भएका छन् ।
सर्वोच्च अदालतको आदेशमा उनी शुक्रबार जेलबाट छुटेका हुन् । बाँकी कैद मिनाहा गर्ने आदेशसँगै उनी छुटेका हुन् ।
अर्का गुण्डा नाइके चक्रे मिलनको हात काटेको घटनामा उनलाई दोषी ठहर गरी जेल सजाय गरिएको थियो । प्रहरीको फरार सूचीमा रहेका उनलाई गत वर्ष मनाङबाट प्रदेशसभामा निर्वाचित भएपछि नै पक्राउ गरी जेल पठाइएको हो ।