कोमामा ईश्वर
यदि मृतक र हत्याराको
कतै कुुनै ठाउँ अन्तरिक्षमा
स्वर्गमा नर्कमा भयो भने
तिनीहरू के गर्लान् ?
साधारण मानिसले झैं–
एकअर्कालाई अभिवादन गर्लान् ?
कि त्यहाँ पनि सुुरु गर्लान्
बदलाको भावनाले ग्रस्त
बदला लिने कुुनै उपाय ?
तिनीहरूले शान्तिभंग गर्नेछन् जरुर
सायद त्यसबेला हत्यारालाई पीडितले
दण्ड दिनेछ
र, त्यो हत्यारा पृथ्वीमा भागे जसरी भाग्नेछ
र बदला लिन फेरि हत्याराले
अर्को लोक र फेरि मृत्युु कुुर्नुु पर्नेछ ।
अथवा, मृतक र हत्याराले
एकैपटक ईश्वरले ढोका ढक्ढकाए भने ?
ईश्वर स्वयं धर्मसंकटमा पर्नेछन्
कसलाई पहिले स्वागत गर्नुुपर्ने हो ?
किनभने साधारणतया हत्यारा स्वयम् नै आत्महत्या गरेर
स्वर्ग पुुग्न आतुुर रहेको
यो बेला
ईश्वर स्वयम् स्वर्गमा कोममा रहेको
यो बेला ?