प्रतिबन्धित भारुमै कारोबार

प्रतिबन्धित भारुमै कारोबार

विराटनगर : कोयम अन्सारीले आँखा उपचार गरुन्जेल नेपाली रुपैयाँ चलाउनै परेन। सबै काम भारुमै भयो। उनी भारत पश्चिम बंगाल राज्यको मालदहबाट छोरासँगै विराटनगर आएका थिए। धेरै भारतीयहरू आँखा उपचार गर्न वारि नेपालसम्म आउने गर्छन्। ‘राम्रो उपचार हुन्छ भन्ने सुनेकाले यता आइयो’, अन्सारीले भने, ‘पैसा पनि हाम्रै देशको चल्दो रहेछ।’ उनले नेपाली रुपैयाँ साटेनन्। काकडभिट्टा हुँदै विराटनगरसम्म आउँदा सबै भुक्तानी भारुमै गरे। कसैले लिन्न पनि भनेन् बरु अस्पतालमा समेत उतैको नोट चल्यो।

एक सय दरमाथिका भारतीय नोटमा सरकारले प्रतिबन्ध लगाएको छ। तर, विराटनगरमा त्यसको खासै असर छैन। औद्योगिक नगरीमा प्रतिबन्धित भारतीय नोट विगत झैं निर्वाध चलन चल्तीमा छन्। धेरै कारोबार अझै भारुमै हुने गरेको छ। दुई सय, पाँच सय र दुई हजार दरका भारु नोट नचलाउन सरकारले सूचना जारी गरेको छ। तर, प्रदेश १ को अस्थायी राजधानीमा यिनै नोटको कारोबार बढी हुने गर्छ।

पूर्वी नेपालमा भारतीय नोटको कारोबारमा संलग्न मनीचेन्जर तथा अवैध कारोबारीले नोट संकलन गरी बढी मूल्यमा बिक्री गर्ने धन्दा नै चलाएका छन्। खासगरी भारत सीमावर्ती क्षेत्र र विराटनगरभित्रै रहेका आँखा अस्पताल तथा आसपासमा यस्तो कारोबार फस्टाएको हो। छोरासँगै आएका कोयम अन्सारीले अस्पताल परिसरबाहिर बसेका व्यक्तिलाई बट्टी बुझाएर खुद्रा साटेको सुनाए।

मुगेर बिहारका साजन रायले सिमावर्ती बजार गएर खुद्रा गर्दा मनलागी बट्टी तिर्नु परेको गुनासो गर्दै भने, ‘वारि पनि भारु चल्ने भएकाले हामीलाई त्यति धेरै समस्या छैन।’ उनले यसअघि अस्पताले सबै भुक्तानी भारुमै गर्ने गरेको सुनाए।

विराटनगरको मलाया रोडमा अवस्थित विराट आँखा अस्पतालमा सबै किसिमको भारतीय नोट चल्छ। त्यहाँ दैनिक तीन सयभन्दा बढी भारतीय आँखा उपचार गर्ने आउँछन्। अस्पतालका प्रबन्धक राजकुमार मण्डल भन्छन्, ‘बिरामीको समस्यालाई बुझेर सबै रकम लिन्छौं।’ उनले आएका बिरामीसँगै साना भारतीय नोट नहुने गरेकाले सास्ती दिनुको साटो ठूला नोट लिएर उपचार सहज बनाइदिएको दाबी गरे।

सुपोल भारतको विन्देश्वरीले नेपालमा भारतीय रुपैयाँ चलाउन रोक लगाउँदा समस्या हुने बताउँदै भनिन्, ‘उपचार गर्न आउनेले उतैको पैसा बोकेर आउँछन्। नोट चल्न रोक लगाउन हुन्न।’ धेरै मानिसलाई अहिले पनि भारतीय नोट चल्दैन भन्ने थाहा नभएको उनले बताइन्। नेपाल आउने धेरै भारतीयले पाँच सयदेखि दुई हजारसम्मका नोट बोकेर आउने गर्छन्। ती नोट बाहिरी बजारमै चलाउँछन्। नोट खरिद बिक्री गर्नेहरूमार्फत पनि कारोबार हुन्छ।

एक सय दरमाथिका भारतीय नोटमा सरकारले प्रतिबन्ध लगाएको छ। तर, विराटनगरमा त्यसको खासै असर छैन। धेरै कारोबार अझै पनि भारुमै हुन्छ।

सरकारले प्रतिबन्ध लगाएसँगै विराटनगर आँखा अस्पतालआसपास भारतीय नोटको अवैध कारोबार झनै फस्टाएको छ। बिरामी र तिनका आफन्तले ठूला नोट ल्याउने भएकाले कारोबारीले साटिदिने बाहनामा बढी रकम लिने गरेका छन्। विराटनगर आँखा उपचारका लागि अब्बल मानिन्छ। भारतको बिहार, उत्तरप्रदेश, पश्चिम बंगालसहित भुटानबाट समेत बिरामी उपचार गर्न आउँछन्। कतिपय अस्पतालले बिरामीबाट प्रतिबन्ध नोट लिने गरेका छन् भने केहीले लिन छाडेको दाबी गरेका छन्। विराटनगरमा चारवटा आँखा अस्पताल सञ्चालनमा छन्। रानीमा रहेको विराटनगरमा आँखा अस्पतालमा सबैभन्दा धेरै बिरामीको चाप हुन्छ।

अस्पतालका प्रशासन सहायक शर्मिला अचार्यले भारतीय प्रतिबन्धित नोट लिन छाडेको दाबी गरिन्। उनले भनिन्, ‘बिरामीले बाहिरबाट नै एक सयसँगै चल्ने नोट लिएर आएपछि मात्र कारोबार गर्छौं।’ यो अस्पतालमा दैनिक एक हजार पाँच सय बिरामी उपचारका लागि आउँछन्। तीमध्ये धेरै भारतीय नै हुन्छन्। अस्पतालमा दुई सय २५ जनासम्मको विभिन्न प्रकारको शल्यक्रिया हुने गरेको अस्पतालले जनाएको छ।

विराटनगर तीनपैनीको तापडिया आँखा अस्पतालका श्याम पोखरेलले प्रतिबन्धित नोट नलिएको तर आकस्मिक रूपमा बिरामी र आफन्त समस्यामा भए साटेर दिने शर्तमा लिने गरेको बताए। उनले भने, ‘उताबाट आउनेले भारतीय नोट नै लिएर आउँछन्। व्यावहारिक अवस्था बुझेर नलिइ पनि हुँदैन।’ सरकारले नोटमा गरेको प्रतिबन्ध भारतीय बिरामीलाई भने निकै सास्ती भएको पौडेल बताउँछन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.